काठमाडाैं । चिनिँया ईभी ब्रान्ड Geely EX 5 र JY Air का गाडीहरु आज मंगलबारदेखि सुरु भएको नाडा को उद्घाटन समारोहको क्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
सार्वजनिक भएसँगैं Geely EX 5 Max र Pro साथै JY Air Ultra र Lite अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि आजदेखि टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन्।
DreamSmart China को अधिकृत आयातकर्ता LRR Motors ले नेपालमा Geely EX 5 भित्र्याएको हो भने LRR Motors JY Auto Group को नेपालको लागि पनि आधिकारिक आयातकर्ता रहेको छ ।
यस वर्षको नाडा अटो शोमा कम्पनीले अटोप्रेमी र खरिदकर्ताहरूका लागि विशेष छुट योजना घोषणा गरेको छ। अब ग्राहकहरूले आकर्षक Geely EX5 Max ६४.९९ लाखमै घर लैजान सक्नेछन्, जुन वास्तविक मूल्यभन्दा ३ लाख कम हो। त्यस्तै, Geely EX5 Pro ५४.९९ लाखमा उपलब्ध छ, जब कि यसको वास्तविक मूल्य ५८ लाख कायम भएको थियो ।
त्यसैगरी, JY Air का प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ। सुरुमा ६८ लाखको मूल्य रहेको JY Air Ultra अहिले ६४.९९ लाखमा उपलब्ध छ भने सुरुमा ५४ लाख मूल्य भएको JY Air Lite केवल ४९.९९ लाखमै खरिद गर्न सकिनेछ। यी विशेष अफरहरूसँगै, LRR Motors ले स्टाइल, फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्ताहरूमाझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको छ।
यसैगरी, LRR Motors ले Geely EX 5 र JY Air दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ। २ लाखको ननरिफन्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै iPhone १६ Pro Max, वा एक तोला सुन, वा १ लाख ८० हजार रुपैयाँसम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन्।
यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्नेतर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई–मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीले विश्वास लिएको छ ।



