२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रोटोन मलेसिया र जगदम्बा मोटर्सको संयुक्त प्रतिबद्धता, नेपालमा प्रोटोन e.MAS 7 इभि कार सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, भदौ ३ २०८२
  • 4.9K
    SHARES

  • images
    प्रोटोन मलेसिया र जगदम्बा मोटर्सको संयुक्त प्रतिबद्धता, नेपालमा प्रोटोन e.MAS 7 इभि कार सार्वजनिक

    काठमाडौं । प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले नेपालमा विद्युतीय गतिशीलताको भविष्यलाई लक्षित गर्दै ऐतिहासिक कदम चालेका छन्। दुवै कम्पनीले संयुक्त रूपमा मलेसियामा बनेको पहिलो स्थानीय विद्युतीय कार प्रोटोन e.MAS 7 सार्वजनिक गर्दै आफ्नो साझेदारीलाई थप मजबुत बनाएको घोषणा गरेका हुन्।

    नोभेम्बर २०१८ देखि सुरु भएको यो सहकार्यले प्रोटोनको विश्वव्यापी उपस्थितिलाई फराकिलो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। नेपाललाई प्रोटोनले रणनीतिक बजारको रुपमा पहिचान गरेको छ भने जगदम्बा मोटर्स नेपालका लागि प्रोटोनको एक मात्र आधिकारिक वितरक बनेको छ।

    प्रोटोन e.MAS 7, प्रोटोन र गिल्लीको सहकार्यमा विकास गरिएको हो। यो गाडीले विश्वस्तरीय इभि प्रविधि र डिजाइनलाई क्षेत्रीय बजारअनुसार परिष्कृत गरेको छ। यसले ब्क्भ्ब्ल् मात्र नभई विश्व बजारमा पनि प्रोटोनको विद्युतीय यात्रामा नेतृत्व गर्ने लक्ष्यलाई प्रष्ट पारेको कम्पनीको दावी छ ।

    काठमाडौँमा आयोजित एक कार्यक्रमबिच प्रोटोनका CEO डा. ली चूनरोङले उक्त गाडी सार्वजनिक गरे । यससले नेपालको बजारप्रति कम्पनीको दीर्घकालीन प्रतिबद्धता देखाएको छ।

    प्रोटोन इन्टरनेशनल कर्पोरेशनका CEO एडमण्ड लिम मेङ थोङले भने, “जगदम्बा मोटर्ससँगको हाम्रो साझेदारीले गहिरो सहकार्यलाई प्रमाणित गरेको छ। यसमार्फत मलेसियामा बनेको पहिलो ईभी नेपालमा ल्याउन सफल भएका छौँ। हामी नेपालमा दीर्घकालीन उपस्थितिका लागि आवश्यक बिक्री र बिक्रीपछिको सेवा उपलब्ध गराउनेमा आत्मविश्वासी छौँ ।”

    गिल्लीले नेपालमा आफ्नो ब्रान्डको लागि कुनै आधिकारिक वितरक नियुक्त नगरेको उल्लेख गर्दै थपे, “नेपालमा हाम्रो ध्यान प्रोटोन ब्रान्ड र e.MAS 7 मा मात्रै केन्द्रित छ।” १४ वर्षभन्दा बढीको अटोमोबाइल अनुभव भएको जगदम्बा मोटर्सले प्रोटोनलाई नेपालमा सफल बनाउन बलियो भूमिका खेलेको छ।

    कम्पनीले दीर्घकालीन मूल्य सिर्जना गर्ने उद्देश्यसहित ग्राहक सेवा सुदृढ पार्ने रोडम्याप प्रस्तुत गरेको छ, जसमा २०२५ को अन्त्यसम्म १२ वटा शोरुम र सर्भिस सेन्टर (हाल ३ सञ्चालनमा) रहनेछन्।

    साथै, जेन्युइन प्रोटोन स्पेयर पार्ट्स, प्रोटोन तथा गिल्ली–प्रमाणित प्राविधिक, अत्याधुनिक डायग्नोस्टिक उपकरण, वारन्टी तथा ग्राहक सेवा जस्ता सुविधासहितको विश्वस्तरीय बिक्रीपछिको प्रणाली उपलब्ध गराइनेछ।

    जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “प्रोटोनसँगको हाम्रो सहकार्य केवल वितरण साझेदारी मात्र होइन, यो नेपाललाई दिगो गतिशीलताको भविष्यतर्फ लैजाने साझा दृष्टिकोण हो। e.MAS 7 को सुरुवात र हाम्रो विस्तारित सेवा सञ्जालमार्फत हामी विद्युतीय सवारीलाई नेपाली ग्राहकका लागि अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौँ।”

    प्रोटोन e.MAS 7 ले मलेसियाको बजारमा समेत उल्लेखनीय सफलता हासिल गरिसकेको छ । यो हालसम्म मलेसियाको नम्बर १ इभि मोडल, सी-सेग्मेन्टको शीर्ष इभि एसयूभी र समग्रमा सबैभन्दा बढी बिक्री भएको इभि बनेको छ।

    नेपालमा सार्वजनिक गरिएको उक्त साझेदारीमार्फत प्रोटोन र जगदम्बा मोटर्सले हरित गतिशीलतामा रूपान्तरणलाई तीव्र बनाउने, इभि इकोसिस्टम विस्तार गर्ने र प्रोटोनलाई नवप्रवर्तन, विश्वास र उत्कृष्टतासँग जोडिने ब्रान्डको रूपमा मजबुत बनाउने संयुक्त लक्ष्य लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend