२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडा अटो शोमा डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी ०६’ सार्वजनिक, यस्तो छ मूल्य


सञ्चार डबली
  • मंगलबार, भदौ ३ २०८२
  • 4.9K
    SHARES

  • images
    नाडा अटो शोमा डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी ०६’ सार्वजनिक, यस्तो छ मूल्य

    काठमाण्डौ। आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सो २०२५ को अवसरमा चीनको डोङफेङ ब्रान्ड अन्तर्गतको नामी सिरिजको नयाँ विद्युतीय एसयूभी नामी ०६ आधिकारिक रूपमा नेपाली बजारमा प्रस्तुत गरिएको हो।  

    नेपालमा डोङफेङ नामीको वितरण गर्ने एमएडब्लु वृद्धिले लामो प्रतीक्षापछि यो एसयूभी ल्याएको हो। यसअघि कम्पनीले आफ्नो पहिलो मोडल नामी ०१ ह्याचब्याकमार्फत ईभी बजारमा सकारात्मक छाप बनाएको थियो।

    नामी ०६, जसलाई नामी भिगो पनि भनिन्छ, दुई भेरियन्टमा उपलब्ध छ। नाडा अटो शोमा विशेष मूल्यसहित सार्वजनिक गरिएको यो मोडलको नामी ई२ भेरियन्ट ३७ लाख ९९ हजार रुपैयाँ र ई२ प्लस भेरियन्ट ४० लाख ९९ हजार रुपैयाँमा किन्न सकिनेछ।

    डोङफेङको अत्याधुनिक क्वान्टम आर्किटेक्चर ३ प्लेटफर्ममा आधारित यस एसयूभीमा आधुनिक सुविधाको समावेश गरिएको छ। मिनिमल डिजाइनको इन्टेरियरमा १२।८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानारोमिक सनरुफ, एम्बियन्ट लाइट, हिटेड तथा भेन्टिलेटेड सिटसँगै मसाज फिचरसमेत उपलब्ध छन्। ६ वटा स्पिकरले साउंड सिस्टमलाई थप आकर्षक बनाएको छ।

    कारमा दुई किसिमको ब्याट्री प्याक उपलब्ध छन्—४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवर। यी ब्याट्रीलाई ७ किलोवाटको एसी चार्जर वा ६० किलोवाटको डीसी फास्ट चार्जरमार्फत चार्ज गर्न सकिन्छ। ९९ किलोवाट क्षमताको मोटरले शक्ति दिने यो एसयूभीको रेंज डब्लुएलटिपी मानक अनुसार ३०० देखि ३५० किलोमिटरसम्म हुने कम्पनीले जनाएको छ।

    नाडा अटो शोमा प्रस्तुत गरिएको नामी ०६ नेपालमा विद्युतीय एसयूभी बजारलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend