२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

टप एन्ड टी–२० सिरिजमा होबार्ट हरिकेन्ससँग भिड्दै नेपाल 


सञ्चार डबली
  • मंगलबार, भदौ ३ २०८२
  • 6.6K
    SHARES

  • images
    टप एन्ड टी–२० सिरिजमा होबार्ट हरिकेन्ससँग भिड्दै नेपाल 

    काठमाडौं ।  अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल र बिग ब्यास लिगको अनुभवी टोली होबार्ट हरिकेन्स एक आपसमा भिड्दै छन् ।

    लगातार तीन हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज पहिलो जितको खोजीमा चौथो खेल खेल्दैछ ।  डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार बिहान ११ ः १५ बजे सुरु हुनेछ । कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टोली रहेको छ भने हरिकेन्सको कप्तानी बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइटले सम्हाल्नेछन् ।

    जारी प्रतियोगितामा नेपालले यसअघिका तीनवटै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रन, दोस्रोमा बंगलादेश ‘ए’ सँग ३२ रन र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

    नेपालको प्रतिद्वन्द्वी होबार्टको प्रदर्शन पनि मिश्रित रहेको छ । ३ खेल खेलेको होबार्टले १ खेलमा जित निकालेको छ भने दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा एसीटीलाई हराएको होबार्ट त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भएको थियो ।

    ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । हाल अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा रहेको नेपाललाई सेमिफाइनलको आशा जीवित राख्न पनि आजको खेल जित्नै पर्ने दबाब छ । यो खेलपछि नेपालले बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend