२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडा अटो शोको उपलक्ष्यमा सारथी इकुटरमा २५ हजार नगद छुट


सञ्चार डबली
  • सोमबार, भदौ २ २०८२
  • 5.7K
    SHARES

  • images
    नाडा अटो शोको उपलक्ष्यमा सारथी इकुटरमा २५ हजार नगद छुट

    सोमवार, भदौ २ २०८२

    काठमाडौँ । आगामी भदौ ३ गतेदेखि काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोको शुरुको दिन अर्थात भदौ ३ गते देखि भदौ ८ गतेसम्म लागु हुने गरी अफर सञ्चालन भएको कम्पनीले जनाएको छ । उक्त अटो शोमा कम्पनीले सहभागिता नलिएता पनि ग्राहकहरुको चासो र उत्साहलाई मध्येनजर गर्दै यो अफर सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

    उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. २५ हजार छुट पाउनेछन् । साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।d8f074f0-bb2d-481b-8938-f7c241fe0b73.jpg

    यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जस अन्तर्गत जम्मा २०% डाउनपेमेन्टमा अधिकतम ३ बर्षसम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् ।

    यति मात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटर इभि भएपनि वा पेट्रोल वाला भएपनि एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।

    ३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको बेट्रि प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।5e6342a2-b13f-457c-8f25-7c9417fe19bb.jpg

    कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुन्छ । यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।

    नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरु मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताउनुभयो । कम्पनीले विगत ६ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि विक्रि वितरण गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend