२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडा अटो सोमा सार्वजनिक हुँदै


सञ्चार डबली
  • सोमबार, भदौ २ २०८२
  • 6.7K
    SHARES

  • images
    नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडा अटो सोमा सार्वजनिक हुँदै

    काठमाडौं ।  मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मानेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएको छ ।

    एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआतभएको सन्देश दिँदै इभीटोल (इलेक्ट्रोनिक भर्टिकलटेकअफ एन्ड ल्यान्डिंग लाई नाडा अटो सोमाप्रदर्शनीमा राख्न लागेको हो ।

    एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्नेछ जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दे मानिसहरुको जस्तो गतिविधिर संसार गर्नेछन् ।

    यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटो मोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउनेछ ।

    नाडामा दिपलका मार्केट डिस्रप्टर इभीहरु
    नयाँ प्रविधिहरु सँगै नाडा अटो सोमादिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस०५, एस०७आईसीए, ई०७ र अल्ट्रा प्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् ।

    गत साता नेपालमा धमाकेदार रुपमा सार्वजनिक भएको दिपल एस०५ ले केहीदिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मीश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्नपुगेको हो । नेपालको नं १लक्जरी इभी ब्रान्ड दिपलका सबै इभीहरु नाडाको एवान र एटु स्टलमा प्रत्यक्ष रुपमाअनुभवगर्न सकिनेछ ।

    नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्नेमञ्च रहँदै आएको छ । यस वर्ष प्रधानमन्त्रीबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वयंम्मा एउटा ऐतिहासिक उपलब्ध हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभी लाइनअपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुन परिभाषित गर्दैछौं ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend