२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

उड्ने ट्याक्सी नेपाल आयो, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने


सञ्चार डबली
  • शनिबार, साउन ३१ २०८२
  • 7.3K
    SHARES

  • images
    उड्ने ट्याक्सी नेपाल आयो, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने

    काठमाडौँ । नेपालमा उड्ने ट्याक्सीदेख्न पाइने भएको छ। नाडा अटो शो २०२५ मा प्रदर्शन गर्न दिपाल इभिटोल फ्लाइङ ट्याक्सी नेपाल भित्र्याइएको हो।

    यो गाडी शनिबार नेपाल ल्याइएको नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले जानकारी गराएको छ। यसका साथै  युनिट्री रोबोट्स काठमाडौं आइपुगेको घोषणा नाडाले गरेको छ।

    शुरुमा तातोपानी क्षेत्रमा देखिएको प्राकृतिक विपद् र अन्य कारणले यी उच्च प्रविधिहरू नेपाल ल्याउन ढिलाइ भएको थियो ।

    यो नेपालका लागि एउटा ऐतिहासिक क्षण भएको नाडाले जनाएको छ। यी प्रविधिहरू पहिलोपटक नाडा अटो शो २०२५ मा सार्वजनिक रूपमा प्रदर्शन गरिन थालेको हो।

    १७औं संस्करणको यो प्रदर्शनीमा नेपालमा प्रविधिको नयाँ सम्भावनाहरूलाई उजागर गर्ने बताइएको छ। यो भव्य प्रदर्शनी २०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।

    यस प्रदर्शनीमा सहभागी भएर उड्ने कारको प्रत्यक्ष अनुभव लिन र यो ऐतिहासिक क्षणको साक्षी बन्न नाडाले  आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend