२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाल पर्वतारोहण संघको सचिव पदमा चन्दन थापामगरको उम्मेदवारी घोषणा


सञ्चार डबली
  • शनिबार, साउन ३१ २०८२
  • 16.2K
    SHARES

  • नेपाल पर्वतारोहण संघको सचिव पदमा चन्दन थापामगरको उम्मेदवारी घोषणा

    शनिबार, साउन ३१, २०८२

    काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) को २०८२ साल भदौं ७ गते (23rd August 2025) हुने निर्वाचन नजिकिँदै गर्दा, पर्यटन व्यवसायी तथा पर्वतीय क्षेत्रका सक्रिय अभियन्ता चन्दन थापाले सचिव पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

    गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका–६,अश्राङमा एक साधारण परिवेशमा जन्मेका, सामान्य भन्दा पनि सामान्य परिवारका थापामगर जीवनको कठिन बाटो हुँदै अघि बढेका छन्। न कसैको ठूलो साथ, न कसैको विशेष माया - तर आत्मबल, साहस र दृढ संकल्पको भरोसामा उनी आज यहाँ उभिएका छन्।

    वरिष्ठ पर्यटन व्यवसायी फुर गेल्जे शेर्पाको नेतृत्वमा रहेको साझा र स्वतन्त्र समूहको तर्फबाट उम्मेदवार बनेका थापाले पर्यटन क्षेत्रमा आफ्नो जीवन अर्पण गर्दै, उनले विगतमा अनेकौँ पर्यटकलाई नेपालको पहाड, संस्कृति र आतिथ्यको स्वाद चखाएका छन् - कहिले काँधमा भारी बोकेर, कहिले मुस्कानका साथ बाटो देखाएर आरोहणदेखि ट्रेकिङसम्मको अनुभव बोकेका व्यक्तित्व हुन्। यही अनुभवले उनलाई बुझायो कि नेपालको पर्वतीय पर्यटन केवल रोजगारीको स्रोत मात्र होइन, देशको पहिचान र गौरव हो। “नेपालका हिमाल र पहाडहरू हाम्रो मात्र होइन, विश्वकै सम्पत्ति हुन्। यसको रक्षा, प्रवर्द्धन र व्यवस्थित व्यवस्थापन हाम्रो साझा जिम्मेवारी हो। म यो जिम्मेवारी कर्तव्य र सेवा भावका साथ पूरा गर्न यहाँहरूको बीचमा आएको हुँ,” थापाले भने।

    शुक्रबार बिहान लाजिम्पाटस्थित होटल शंकरमा आयोजित घोषणासभामा उपस्थित पर्यटन व्यवसायी, अग्रजहरू, र आरोही समुदायलाई सम्बोधन गर्दै थापामगरले “एकता, पारदर्शिता र प्रगतिशील नेतृत्व” लाई आफ्नो प्रमुख प्रतिज्ञा भन्दै पर्वतीय पर्यटनको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

    थापाले आफ्नो उम्मेदवारीलाई कुनै व्यक्तिगत पद–लोभ नभई क्षेत्रको भविष्य निर्माणका लागि लिइएको जिम्मेवारीको रूपमा व्याख्या गर्दै भने, “तपाईंहरूको विश्वास र समर्थनले हामीलाई मात्र होइन, सम्पूर्ण पर्वतीय पर्यटन समुदायलाई जिताउनेछ।”

    थापामगरले यो यात्रामा आफू एक्लो नभएको, बरु वरिष्ठ पर्यटन व्यवसायी फुर गेल्जे शेर्पाको नेतृत्वमा बनेको बलियो टोलीलाई अनुभव, इमानदारी र सामूहिक नेतृत्वको प्रतिक बताउँदै आगामी निर्वाचन केवल व्यक्तिगत जितको लागि नभई सबै पर्यटन व्यवसायी, पर्वतारोहण क्षेत्रका अग्रज तथा युवा आरोहीहरूमाझ एकताबद्ध भएर समर्थनको आह्वान गरेका छन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend