२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

२८ प्रतिशतले बढ्यो रिलायबल नेपालको व्यापार


सञ्चार डबली
  • शुक्रबार, साउन ३० २०८२
  • 5.2K
    SHARES

  • images
    २८ प्रतिशतले बढ्यो रिलायबल नेपालको व्यापार

     

    काठमाडौं, ३० साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१ /८२को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुशार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५७ करोड १ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड ७२ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४७।२५ प्रतिशतले वृद्धि भएको हो ।

    ५ अर्ब १९ करोड शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियम शिर्षकमा १ अर्ब ३९ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा २२ करोड २२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ७८ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै, आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ९ अर्ब ९४ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गतआर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ३६.४५ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५७ करोड पुगेको छ ।

    गत आर्थिक वर्ष २०८१ /८२को चौथो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लोआर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २८.२३ प्रतिशतले वृद्धि भएको हो ।

    कम्पनीले पुनर्बीमा मार्फत ३६ करोड ७४ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ३५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा ५ अर्ब ३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३१.८२ प्रतिशतले वृद्धि भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend