२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल भित्रियो डेल्फी–टीभीएस ब्रान्डको ‘सीआर इन्जेक्टर टेस्ट बेन्च’


सञ्चार डबली
  • बुधबार, साउन २८ २०८२
  • 7.9K
    SHARES

  • images
    नेपाल भित्रियो डेल्फी–टीभीएस ब्रान्डको ‘सीआर इन्जेक्टर टेस्ट बेन्च’

    काठमाण्डौ । भारतीय कम्पनी लुकास इन्डियन सर्भिस लिमिटेडद्वारा उत्पादित डेल्फी–टीभीएस ब्रान्डको सीआर इन्जेक्टर टेस्ट बेन्च नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा असरफ डिजेल सर्भिसले सीआर इन्जेक्टर अर्थात कमन रेल इन्जेक्टर टेस्ट बेन्च नेपाल भित्राएको हो ।  

    कमर्सियल, हेभी र अन्य डिजेल गाडीमा प्रयोग हुने सो उपकरण प्रयोग गरी गाडीको इन्जेक्टरमा भएको समस्या पहिचान र मर्मत गर्न सकिन्छ । यसबाट बीएस फोर र बीएस सिक्स सबै मोडलका गाडीको इन्जेक्टरमा भएको समस्या थाहा पाउन सकिन्छ । 

    लुकास इन्डियन सर्भिस लिमिटेडका सर्भिस हेड बी लक्ष्मणले भने, ‘गाडीको इन्जेक्टरलाई यसमा भएको इलेक्ट्रोनिक कन्ट्रोल युनिट अर्थात ईसीयूले रिड गर्छ र यसमा भएको समस्यालाई कोडिङ गरेर समाधानको लागि आवश्यक जानकारी उपलब्ध गराउँछ ।’

    ‘कुनै गाडीको इन्जेक्टरमा समस्या आएमा त्यसको पहिचान गरी लाग्ने आवश्यक रकम समेत मेसिनबाटै प्रिन्ट भएर आउँछ,’ असरफ डिजेल सर्भिसका म्यानेजिङ डाइरेक्टर इरफान अहमदले बताए ।  

    नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराईले यस प्रकारको मेसिन नभएका कारण इन्जेक्टर र यससँग सम्बन्धित समस्या पहिचान गर्न समस्या भएको तथा गाडी मर्मत गर्दा पनि केही समयमै बिग्रिने अवस्था भएकोले नेपाल भरका अटो मेकानिक्सहरुलाई समस्या पहिचानमा कठिनाई भएको अवस्थामा अब यो मेसिनले धेरै सजिलो बनाउने बताए ।  

    नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अन्य सर्भिस सेन्टर भए पनि बीएस फोर र बीएस सिक्सलाई केन्द्रित गरेर ल्याइएको सो मेसिनबाट आगामी दिनमा धेरै सहज हुने बताए ।  

    असरफ डिजेल सर्भिसले डेल्फी–टीभीएसको सर्भिस सेन्टर सञ्चालन गर्नुका साथै स्पेयर पार्ट्सको समेत कारोबार गर्नेछ । कम्पनीले सवारी साधनका लागि आवश्यक विभिन्न स्पेयर पार्ट्स समेत उत्पादन गर्छ ।  

    हालै नेपाल सरकारले बीएस सिक्स मोडलका गाडी मात्र नेपाल भित्राउने गरी कानून कार्यान्वयनमा ल्याएको छ । यस सन्दर्भमा डेल्फी–टीभीएसको सीआर इन्जेक्टर पहिलो पटक नेपाल भित्रिएको छ भने यसको सर्भिस सेन्टर र स्पेयर पार्ट्स व्यवसाय समेत सञ्चालनमा आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend