२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

याडिया नेपालले ‘भेलाक्स’ को सीमित स्टकमा छुट अफर दिने


सञ्चार डबली
  • बुधबार, साउन २८ २०८२
  • 6.0K
    SHARES

  • images
    याडिया नेपालले ‘भेलाक्स’ को सीमित स्टकमा छुट अफर दिने

    काठमाडौं- लगातार ८ वर्षसम्म विश्वको नं. १ इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्ड बनेको याडियाले नेपालमा आफ्नो उच्च प्रदर्शनयुक्त मोडल Yadea Velax मा विशेष अफर ल्याएको छ।

    नेपालका लागि आधिकारिक वितरक कुजू नेपाल प्रा.लिले  यो अफरअन्तर्गत Yadea Velax को मूल्य अघिल्लो रु. २,८५,००० बाट घटाएर रु. २,४५,००० मा ल्याएको हो । यो छुट अफरको नयाँ २,४५,००० मूल्य सीमित स्टकका लागि मात्र लागू हुने र स्टक सकिएपछि भने पुनः अघिल्लो मूल्य लागू हुने कम्पनीले जानकारी दिएको छ।

    Yadea Velax का मुख्य विशेषताहरू :

    • मोटर: ३२००W, १७२ N·m टर्क

    • उच्चतम गति: ६२ किमी/घन्टा

    • रेन्ज: एकपटकको चार्जमा १०० किमीसम्म

    • ब्याट्री: ३०Ah / ७२V LFP, लामो जीवनचक्र र उच्च सुरक्षा

    • फिचरहरू: रिभर्स मोड, क्रूज कन्ट्रोल, CBS सहित अगाडि/पछाडि डिस्क ब्रेक, १७० मिमी ग्राउन्ड क्लियरेन्स

    • वारेन्टी: ब्याट्री र मोटरमा ३ वर्ष वा ५०,००० किमी

    याडिया ब्रान्ड हाल विश्वका १०० भन्दा बढी देशमा बिक्री भइरहेको छ र विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्रीको उपलब्धि हासिल गरिसकेको छ। नेपालमा भने यो २०२० देखि कुजू नेपालमार्फत बिक्री वितरण भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend