२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडा अटो शो प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


सञ्चार डबली
  • सोमबार, साउन २६ २०८२
  • 6.0K
    SHARES

  • images
    नाडा अटो शो प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

     

    काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ३ देखि ८ गतेसम्म आयोजना गर्ने १७औँ संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

    नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरी अटो शोको प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन औपचारिक आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीले आग्रहलाई सहर्ष स्वीकार गरेका छन् ।

    अध्यक्ष चौधरीले नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू तथा इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधानहरू समावेश गरिने जानकारी दिए ।

    यस पटकको शोमा पहिलोपटक नेपालमा प्रदर्शन हुन लागेका ‘UNETREE Robots’ र ‘Deepal EVTOL UAV’ जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू मुख्य आकर्षण रहनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend