२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक :  अध्यक्ष ढकाल 


सञ्चार डबली
  • सोमबार, साउन २६ २०८२
  • 6.7K
    SHARES

  • images
    नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक :  अध्यक्ष ढकाल 


    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको लागि प्रभावकारी पहल आवश्यक भएको बताए । नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको सन्दर्भमा नेपाल उद्योग वाािणज्य संघ बांकेको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आज काठमाडौंमा आयोजित सर्वपक्षिय छलफल कार्यक्रममा बोल्दै नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान गर्न सके सो क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताए ।

    ‘नेपालगन्ज पर्यटन, कृषि लगायतका क्षेत्रको लागि पर्याप्त सम्भावना भएको क्षेत्र हो । सिधा उडान हुन सके यसले पश्चिम नेपालको क्षेत्रीय सम्पर्क र आर्थिक विकासका लागि महत्वपूर्ण योगदान दिन सक्छ । यहाँहरुको यो पहल र प्रयास प्रति महासंघ एक्यवद्धता जाहेर गर्दछ । ’ अध्यक्ष ढकालले भने ।

    नेपालजञ्ज दिल्ली सिधा उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समग्र विकाससँग जोडिएको विषय भएको बताउनु भयो । यस्तै अध्यक्ष ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न भारत भ्रमणमा यो एजेण्डालाई प्राथमिकताका साथ उठाउन महासंघको तर्फबाट प्रधानमन्त्री समक्ष आग्रह गर्ने धारणा राखे । उनले सबैको साझा प्रयासले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको सपना चाँडै साकार हुने विश्वास व्यक्त गर्दै सबैले आ आफ्तो तहबाट पहल गर्नु पर्नेमा जोड दिए ।

    यस्तै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारमा राज्यको ठूलो लगानी भइसकको अवस्थामा निर्माण भएका विमानस्थलहरुको प्रभावकारी सञ्चालन आवश्यक रहेको समेत बताए ।
    “नेपालगन्ज, जसलाई पश्चिम नेपालको प्रवेशद्वारको रूपमा चिनिन्छ । पूर्वाधार बनेको छ । बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज सहित लुम्बिनी जस्ता गन्तव्यहरूमा भारतीय पर्यटकहरूको लागि महत्वपूर्ण प्रवेश हुन सक्छ । सीमा क्षेत्र भएकाले कार्यक्रम र विवाह (इभेन्ट र वेडिङ) का लागि पनि यो क्षेत्रको व्यापक सम्भावना छ ।” उनले भने ।

    उनले देशको आर्थिक विकासका लागि निजी क्षेत्रले ठूलो लगानी गरिसकेको उल्लेख गर्दै देशमा नै केही गर्न सकिन्छ भन्ने मनोविज्ञानका साथ काम गर्न सके यसबाट प्रतिफल प्राप्त गर्न सकिने धारणा राखे ।

    यस्तै उनले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न महासंघले नीतिगत सुधारको पहल गरेको र महासंघको पहलमा सरकारले ३० भन्दा बढि कानूनहरु संसोधन गरेको उल्लेख गरे ।

    देश विकासका लागि आन्तरिक र बाह्य पूँजी आवश्यक रहेपनि आन्तरिक पूँजीबाट पनि देशमा पूर्वाधार विकास गर्न सकिन्छ भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल पब्लिक लिमिटेड कम्पनी खोलेर काम शुरु गरि सकिएको जानकारी दिए । कार्यक्रममा पूर्वमन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पर्यटन व्यवसायी, पत्रकार र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend