२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो २०२५ प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


सञ्चार डबली
  • सोमबार, साउन २६ २०८२
  • 5.2K
    SHARES

  • images
    भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो २०२५ प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

    काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गर्न लागेको १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

    नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले २०८२ साउन २५ गते प्रधानमन्त्रीलाई भेट गरी भदौ ३ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप परिसरमा हुने अटो शोको प्रमुख अतिथि भएर उद्घाटन गर्न औपचारिक आग्रह गरेको थियो ।

    सो अवसरमा अध्यक्ष चौधरीले नाडा स्थापना भएको ५० वर्ष पूरा भएको र वार्षिकोत्सवकै अवसरमा १७औँ संस्करणको अटो शो आयोजना गर्न लागिएको जानकारी गराए।

    उनका अनुसार, यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारीसाधन ब्रान्ड, इलेक्ट्रिक, हाइब्रिड तथा स्मार्ट मोबिलिटी समाधान, विन्टेज मोटर शो, साथै पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका अत्याधुनिक रोबोट र भविष्यमुखी प्रविधिहरू प्रदर्शनीको केन्द्रमा रहनेछन्।

    प्रधानमन्त्री ओलीले नाडाको निमन्त्रणालाई सहर्ष स्वीकार गरेका छन्। यसलाई अटोमोबाइल व्यवसायीहरूले थप हौसला र प्रेरणा दिने कदमका रूपमा लिएको नाडाले जनाएको छ ।

    भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेलको पनि उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend