२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाइमा एक्स्पोमा चेतक इभीको “भाइब नै बेग्लै छ” शीर्षकको आधिकारिक एन्थम भिडियो सार्वजनिक


सञ्चार डबली
  • शनिबार, साउन २४ २०८२
  • 6.4K
    SHARES

  • images
    नाइमा एक्स्पोमा चेतक इभीको “भाइब नै बेग्लै छ” शीर्षकको आधिकारिक एन्थम भिडियो सार्वजनिक

    काठमाडौं– यसै साता नेपाली बजारमा धमाकेदार आगमन गरिसके पछि चेतक ईभील नाइमा नेपाल मोबिलिटी एक्स्पो’ २०२५ मा आफ्नो आधिकारिक एन्थम “भाइब नै बेग्लै छ” को म्युजिक भिडियाको प्रिमियर गरी आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ। लोकप्रिय गायक तथा चेतकका ब्रान्ड एम्बेसडर नितेश जंग कुँवरको प्रस्तुति रहेको यो म्युजिक भिडियो श्रावण २३ गते भृकुटीमण्डपस्थित स्टल आर ३बी, हल बीमा सार्वजनिक गरिएको थियो।

    सामान्य जिङ्गल भन्दा फरक, यो एन्थमले चेतक ईभीको मुख्य सन्देश– फुल्ली लाइफप्रुपलाई परिभाषित गरेको छ । यसको आइपी ६७ रेटेड वाटर एन्ड डस्ट प्रोटेक्सन, सोलिड मेटल बडी, र स्मार्ट फिचर्सहरूले गर्दा यो सडकमा मात्र नभई संस्कृतिमा पनि छुट्टै पहिचान बनाउँदैछ ।

    एक्स्पोमा चर्चा बटुलिरहेको चेतक इभीले पर्फर्मेन्स र पर्सनालिटी दुवैको हिसाबले अहिलेको शहरी मोबिलिटीको परिभाषा नै फेरिरहेको छ ।

    गोल्छा ग्रुपका मार्केटिङ प्रमुख श्री अमित राज चलिसे भने, “चेतक इभी कुनै साधारण स्कुटर होइन, यो स्वतन्त्रता र आधुुुनिकताको प्रतीक हो। यो एन्थममार्फत हामी एक साँस्कृतिक परिवर्तन ल्याउँदैछौं, जहाँ मोबिलिटी संगीत र जीवनशैलीसँग जोडिन्छ । नितेशले चेतकको बोल्ड र युथफुल इनर्जीलाई जस्ताको तस्तै उतारेका छन्। ‘भाइब नै बेग्लै छ’ एन्थम मात्र होइन, यो एउटा मूभमेन्ट हो।”

    बजाज अटोको ग्लोबल इभी पोर्टफोलियोअन्तर्गतको चेतक इभीले शिल्प र प्रविधिको अद्वितीय संयोजन प्रस्तुत गर्छ। १५३ किमि सम्मको रेंज, मेटल बडी, इनबिल्ट नेभिगेसन, म्युजिक कन्ट्रोल र कल अलर्ट जस्ता स्मार्ट फिचरहरू र क्लासमै सबैभन्दा छिटो चार्ज हुने क्षमता सहित यो स्कुटर आधुनिक राइडरका लागि डिजाइन गरिएको हो ।

    इमर्सिभ डिस्प्लेदेखि टेस्ट राइडसम्म, चेतक ईभीले नाइमा एक्स्पोमा आगन्तुकको ध्यान तानिरहेको छ। नितेश जंग कुँवरको एनथम प्रिमियरसँगै चेतकले प्रविधि र संस्कृति बीचको साँचो साङ्गीतिक सम्बन्ध प्रस्तुत गरेको छ । भृकुटीमण्डपको स्टल आर ३ बी मा गई यो भाइब, गीत र गेम चेन्जर स्कूटरको अनुभव लिन सक्नेछन् । एक्स्पो श्रावण २५ गते सम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend