२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बालकोटमा सभामुखसहित शीर्षनेताहरुको छलफल जारी


सञ्चार डबली
  • सोमबार, वैशाख ४ २०८०
  • 7.9K
    SHARES

  • बालकोटमा सभामुखसहित शीर्षनेताहरुको छलफल जारी


    काठमाडौं, वैशाख ४ गते । प्रमुख तीन दलका शीर्षनेताहरुबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकका विषयमा छलफल भइरहेको छ । 

     भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गरिरहेका छन् । 

     स्वास्थ्यमा समस्या देखिएपछि निवासमै स्वास्थ्य लाभ गरिरहेका एमाले अध्यक्ष ओलीकै निवासमा छलफल गरेका हुन् । साथमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र तीन प्रमुख दलका सचेतकहरु पनि छलफलमा सहभागी छन् । 
     

  • सम्बन्धित विषय:

  • # शीर्षनेताहरुको छलफल जारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend