२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

NAIMA एक्स्पोमा एमजीको वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक


सञ्चार डबली
  • शुक्रबार, साउन २३ २०८२
  • 5.7K
    SHARES

  • images
    NAIMA एक्स्पोमा एमजीको वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक

    शुक्रबार, साउन २३, २०८२
    काठमाडौं । NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ धुमधामका साथ जारी छ, र यसै सन्दर्भमा एमजीले यस वर्षकै सबैभन्दा रोमाञ्चक अफरहरू सार्वजनिक गर्दै उत्साह थपेको छ। नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्स्पो अवधिमा मात्र लागू हुने विशेष अफरहरू घोषणा गरेको छ, जसले देशमा स्मार्ट मोबिलिटीको नयाँ मापदण्ड स्थापित गरेको छ।

    साउन २५ गतेसम्म, हल ए (स्टल ए १ र ए ३ ) र हल बी (स्टल एच ३) मा रहेका एमजी र आइएमका स्टलहरूमा गएर ग्राहकहरूले सीमित अवधिका लागि लागू हुने अफरहरू प्राप्त गर्न सक्छन्। यी अफरहरू एमजी 4 इभी (कम्फर्ट, डिलक्स भेरियन्ट), एमजी एस 5 इभी (कम्फर्ट, लक्जरी भेरियन्ट), विन्डसर इभी (एक्साइट, एक्सक्लुसिभ भेरियन्ट), कमेट इभी (एक्साइट, एक्जिक्युटिभ भेरियन्ट) र भविष्यको प्रविधि समेटिएको एमजी आइएम 6 (प्रिमियम ७५ किलोवाट भेरियन्ट) जस्ता चर्चित मोडेलहरूमा उपलब्ध छन्। ४ लाख रुपैयाँसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र प्रत्येक खरिदमा ३ किलोवाट वा ७ किलोवाट चार्जर निःशुल्क पाइने जस्ता आकषर््ाक सुविधाहरु छन् । यो एमजीको अहिलेसम्मकै सबैभन्दा आकर्षक अफर हो।

    “यो एक्स्पो गाडीहरू देखाउन मात्र होइन, ग्राहकहरूलाई स्मार्ट र ग्रीन मोबिलिटीतर्फ सहज रूपले अघि बढाउने प्रयास पनि हो,” पारामाउन्ट मोटर्सका महाप्रबन्धक श्री सुनील बहादुर क्षेत्रीले भन्नुभयो, “हामीले एमजीको स्वामित्वलाई अझ सहज र पहुँचयोग्य बनाउन यस अफरमार्फत अतुलनीय मूल्य प्रदान गरिरहेका छौं।”

    उत्साहजनक सहभागिता र प्रतिक्रियासँगै, एक्स्पोमा एमजीको उपस्थितिले ब्रान्डप्रतिको लोकप्रियता र नेपालको विद्युतीय मोबिलिटी परिवर्तनप्रतिका सोचलाई प्रस्ट पारेको छ। केवल एक्स्पो अवधिमा मात्र उपलब्ध यी विशेष अफरहरूले आगामी दिनहरूमा उल्लेखनीय रुची र बुकिङहरू बढ्र्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend