२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अग्नि मोटोइन्कद्वारा 'बिगस इलेक्ट्रिक स्कूटर' नेपाली बजारमा सार्वजनिक, दुई मोडेल, चार भेरियन्ट


सञ्चार डबली
  • बिहीबार , साउन २२ २०८२
  • 7.1K
    SHARES

  • images
    अग्नि मोटोइन्कद्वारा 'बिगस इलेक्ट्रिक स्कूटर' नेपाली बजारमा सार्वजनिक, दुई मोडेल, चार भेरियन्ट

    काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्क प्रा.लि.ले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को अवसरमा नयाँ विद्युतीय स्कूटर ब्रान्ड ‘बिगस (BG) इलेक्ट्रिक स्कूटर’ नेपाली बजारमा सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममार्फत अग्नि समूहले BG RUV 350 र BG C12 नामक दुई मोडेल लन्च गरेको हो।

    उक्त सार्वजनिक कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, मोडल तथा इन्फ्लुएन्सर कविता नेपाली, अग्नि समूहका अधिकारीहरू, सञ्चारकर्मीहरू र ग्राहकहरूको उपस्थिति रहेको थियो।

    दुई मोडेल, चार भेरियन्ट
    अग्नि मोटोइन्कले ‘बिगस’ ब्रान्ड अन्तर्गत BG RUV 350 र BG C12 नामक दुई स्कूटर सार्वजनिक गरेको छ, जसले सहरी यात्रा तथा दैनिक आवागमनलाई सुरक्षित, स्टाइलिस र प्रविधिमैत्री बनाउने उद्देश्य राख्दछ।
    BG RUV 350
    RUV 350 iE X – मूल्य: रू. २७९,४००
    RUV Max – मूल्य: रू. ३२५,३००
    BG C12
    C12 iE X – मूल्य: रू. २२८,४००
    C12 Max 3.0 – मूल्य: रू. ३०४,९००

    BG RUV 350 – ‘बिग ब्रदर’ इलेक्ट्रिक स्कूटर
    RUV 350 स्कूटर र बाइकको गुण समेटिएको राइडर युटिलिटी भेहिकल हो, जसमा १६ इन्चको एलोय ह्विल, फुल मेटल बडी, १६० मिमि ग्राउन्ड क्लियरेन्स, PMSM इन-व्हील हाइपरड्राइभ मोटर, क्रुज कन्ट्रोल, हिल होल्ड, मल्टिपल राइडिङ मोड्स, IP67 मोटर/ब्याट्री र ७५ किमी/घण्टा टप स्पिडसहितको पर्फमेन्स समावेश गरिएको छ।

    BG C12 – स्मार्ट फेमिली स्कूटर
    सहज, स्टाइलिस र सुरक्षात्मक डिजाइनको BG C12 मा फराकिलो लेगरुम, २३ लिटर अन्डर-सिट स्टोरेज, TFT स्मार्ट डिस्प्ले, USB चार्जिङ, रिभर्स मोड, IP67 ब्याट्री, एयर-कुल्ड ब्याट्री म्यानेजमेन्ट सिस्टम र ३ वर्षको ब्याट्री वारेन्टी समावेश छन्।

    बिगस स्टल भ्रमणको निम्तो
    ग्राहकलाई नाइमा मोबिलिटी एक्सपो २०२५ को Hall D, Stall No. D6 मा रहेको BG को स्टल भ्रमण गरी नयाँ स्कूटरहरू अनुभव गर्न आह्वान गरिएको छ। साथै, उत्तरढोका स्थित आधिकारिक सोरूम मार्फत पनि स्कूटर परीक्षण गर्न सकिनेछ।

    बिगसको बारेमा
    भारतको पुणेमा उत्पादन केन्द्र रहेको बिगस ब्रान्डले हरेक वर्ष १ लाख युनिट उत्पादन गर्ने क्षमताका साथ स्मार्ट, सुरक्षित र प्रयोगमैत्री स्कूटर उत्पादन गर्दै आएको छ। BG C12 र भारतकै पहिलो RUV – RUV 350 मार्फत, ब्रान्डले इनोभेटिभ डिजाईन, पर्फमेन्स र व्यवहारिकताको उत्कृष्ट सन्तुलन प्रस्तुत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend