बिहिवार, साउन २२ २०८२
काठमाडौँ । ग्लोबल इलेक्ट्रिक इभि ब्रान्ड XPENG नेपाली बजारमा सफलता चुम्दै, विश्व बजारमा पनि नयाँ कीर्तिमान ले जुलाई २०२५ मा आफ्नो इतिहासकै सबैभन्दा बढी मासिक डेलिभरी ३६ हजार ७१७ युनिट पूरा गरेको घोषणा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २२९ प्रतिशत बढी हो ।
यसले XPENG लाई अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पु(याएको छ, जसले नेपाली उपभोक्तालाई पनि अझ विश्वास दिलाएको छ कि XPENG एक Tested, Trusted र High–Tech EV ब्रान्ड हो ।
नेपालमा XPENG G6 छिट्टै नै सहर केन्द्रित युवा व्यवसायी, EV रोज्ने परिवार, र लामो दूरी यात्रा गर्ने चालकहरूको मनपर्ने विकल्प बन्दै गएको छ।
यसको स्मार्ट टेक्नोलोजी, आधुनिक डिजाइन, र सहज ड्राइभिङ अनुभवले नेपाली बजारमा प्रिमियम EV को परिभाषा नै परिवर्तन गरिरहेको छ ।
यद्यपि Mona र P7+ नेपालमा उपलब्ध छैनन्, ती मोडेलको अन्तर्राष्ट्रिय सफलताले XPENG G6 नेपाली बजारमा सफलता चुम्दै, विश्व बजारमा पनि नयाँ कीर्तिमान मा पनि समान एरोडायनामिक डिजाइन, AI पावर्ड Tianji OS, OTA अपडेट, स्मार्ट पार्किङ, र co–driving जस्ता फिचरको विश्वास जगाउँछ ।
विश्वभर ८ लाख भन्दा बढी XPENG गाडीहरू डेलिभर भइसकेका छन् र ३.५३ मिलियन टन CO₂ उत्सर्जन घटाइसकेको तथ्यले XPENG को दिगोपन प्रतिको प्रतिबद्धता र नेपालको सफा उर्जा को लक्ष्यसँग मिल्दो छ ।
XPENG अहिले ४६ भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरूमा उपस्थित छ र इन्डोनेसियामा स्थानीय उत्पादन सुरु गर्ने तयारीमा रहेको छ । यसले ब्रान्डको दीर्घकालीन उपस्थितिको प्रतिबद्धता र नवप्रवर्तन योजनामा अझै दृढता ल्याउँछ ।
नेपालमा विद्युतीय भविष्यप्रति बढ्दो आकर्षणका बीच, XPENG G6 नेपाली बजारमा सफलता चुम्दै, विश्व बजारमा पनि नयाँ कीर्तिमान एक स्मार्ट, इफिसियन्ट, र विश्वसनीय EV को रूपमा ब्रान्ड उदाएको छ ।


