२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

Naima Mobility Expo 2025 मा KTM Nepal द्वारा ६ नयाँ मोडेल सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , साउन २२ २०८२
  • 5.6K
    SHARES

  • images
    Naima Mobility Expo 2025 मा KTM Nepal द्वारा ६ नयाँ मोडेल सार्वजनिक

    काठमाडौँ । KTM Nepal ले Naima Mobility Expo 2025 को अवसरमा राजधानीको भृकुटी मण्डपस्थित स्टल D1, Hall ‘D’ मा आफ्ना ६ वटा नयाँ मोटरसाइकल मोडेलहरू सार्वजनिक गरेको छ।

    सार्वजनिक गरिएका मोडेलहरूमा 200 Duke (रू. ५,९९,९००), 250 Duke (रू. ७,१४,९००), 390 Duke (रू. ९,४९,९००), 250 Adventure (रू. ७,४९,९००), 390 Adventure (रू. १०,७४,९००) र 390 Enduro R (रू. ९,९९,९००) रहेका छन्। 

    यी सबै मोडेलहरू आक्रामक डिजाइन, नवीनतम प्रविधियुक्त फिचरहरू र दमदार परफरमेन्सका साथ प्रस्तुत गरिएका छन्, जसले सडक तथा अफ-रोड दुवै यात्राका लागि उच्च क्षमताको अनुभव प्रदान गर्नेछ।

     ६ देखि १० श्रावणसम्म सञ्चालन हुने उक्त एक्स्पोमा KTM का नयाँ बाइकहरू नजिकबाट हेर्ने, अनुभव गर्ने र जानकारी लिने विशेष अवसर उपलब्ध गराइएको छ। KTM Nepal ले बाइकप्रेमीहरूलाई आफ्नो स्टलमा उपस्थित भई नयाँ मोडेलहरूको प्रत्यक्ष अनुभव लिन आग्रह गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend