२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर बन्यो – बजाज चेतक ईभी


सञ्चार डबली
  • बिहीबार , साउन २२ २०८२
  • 4.4K
    SHARES

  • images
    नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर बन्यो – बजाज चेतक ईभी

    काठमाडौं ।  नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु भएको छ । बजाज चेतक ईभी नेपालको सबैभन्दा उच्च मोटरेबल ठाउँ, कोरला सिमा (४,६६० मिटर) सम्म पुग्ने पहिलो ईभी स्कुटर बन्न सफल भएको छ ।

    यो उपलब्धि चेतक ईभीको ‘हाइअल्टिच्युड एन्ड्युरेन्स टेस्ट’ अन्तर्गत गरिएको परीक्षणको हिस्सा थियो, जसले स्कुटरको विश्वसनीयता र कठिन भूगोलमा समेत काम गर्न सक्ने क्षमताको प्रमाण दिएको छ ।

    नेपालका चुनौतीपूर्ण सडक, कम अक्सिजनयुक्त उच्च भू–भाग, चिसो मौसम र उकालो चढाइ पार गर्दै चेतक ईभीले कोरला सिमासम्मको कठिन यात्रा तय गरेको हो । यस यात्राले बजाज चेतकको ‘लाइफप्रूफ’ब्रान्ड चिनारीलाई थप मजबुत बनाएको छ ।

    उक्त सफलताप्रति प्रतिक्रिया दिँदै, गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘कोरला सिमाना पुग्नु केवल उचाइको परीक्षण होइन, विश्वसनीयताको प्रमाण पनि हो। चेतक ईभीले यस्तो स्थानमा पुगेर यो साबित गरेको छ कि जहाँ अहिलेसम्म कुनै विद्युतीय स्कुटर पुगेको थिएन। यसले नेपालको भूगोललाई ध्यानमा राखेर बनाइएका ‘लाइफप्रूफ’ मोबिलिटी समाधानहरूको हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’
    कोरला सीमासम्मको साहसी यात्रा पछि, बजाज चेतक ईभी नेपालकै सबैभन्दा भरपर्दो र सक्षम इलेक्ट्रिक टु–ह्विलरको रूपमा स्थापित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend