२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

YADEA Velax Series अब नेपाली बजारमा : नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक, मूल्य कति ?


सञ्चार डबली
  • बिहीबार , साउन २२ २०८२
  • 5.8K
    SHARES

  • images
    YADEA Velax Series अब नेपाली बजारमा : नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक, मूल्य कति ?

    काठमाडौँ । विश्वप्रसिद्ध इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी ब्रान्ड YADEA को नयाँ Velax Series अब औपचारिक रूपमा नेपाली बजारमा भित्रिएको छ। नाइमा  नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा कुजु नेपाल प्रा. लि. ले यी शक्तिशाली, स्मार्ट र भरपर्दो इलेक्ट्रिक स्कुटरहरू सार्वजनिक गरेको हो।

    सुरुवाती मूल्य रु. २,८५,००० तोकिएको यो सिरिजले नेपालको विद्युतीय यातायातमा नयाँ मापदण्डको सुरुवात गरेको कम्पनीको दाबी छ।

    Velax Series अन्तर्गत तीन फरक मोडेलहरू – Velax U, Velax Fast Charging, र Velax H – सार्वजनिक गरिएका छन्। Velax U मा ४.९ kW मोटर र डुअल लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ, जसले १४० किमी रेञ्ज र ८० किमी/घण्टा टप स्पिड दिन्छ।

    Fast Charging मोडेलले २० मिनेटमै ८०% चार्ज हुने क्षमता राख्दछ भने Velax H मोडेल दैनिक प्रयोगका लागि डिजाइन गरिएको छ, जसले १०० किमी सम्मको रेञ्ज दिन्छ।

    यी स्कुटरहरूमा क्रूज कन्ट्रोल, रिभर्स मोड, की–लेस स्टार्ट, मोबाइल एप इन्टिग्रेसन (एण्टी–थेफ्ट अलर्ट, ट्र्याकिङ, डाइग्नोस्टिक), रेजेनेरेटिभ ब्रेकिङ, युएसबी चार्जिङ, एलईडी लाइट र डिजिटल ड्यासबोर्डजस्ता स्मार्ट फिचरहरू उपलब्ध छन्। साथै, प्रत्येक मोडेलमा ३ वर्ष वा ३०,००० किमी वारेन्टी समेत दिइएको छ।

    कुजु नेपालले देशभर १२ भन्दा बढी आधिकारिक डिलरमार्फत टेस्ट राइड, प्रि-बुकिङ र फाइनान्सिङ सुविधा सुरु गरिसकेको छ। कम्पनीले नेपाली प्रयोगकर्तालाई विश्वस्त रेञ्ज, छिटो चार्ज, र अत्याधुनिक प्रविधिसहितको स्कुटर दिन सकिने विश्वास व्यक्त गरेको छ।

    विश्वभरका १०० भन्दा बढी देशमा ७ करोड प्रयोगकर्ताहरूसँग स्थापित YADEA ब्रान्ड अब Velax Series को माध्यमबाट नेपालमा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने तयारीमा छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend