२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

गोगोरो स्कुटर अब झनै मूल्यवान !, नेपालमा पहिलो पटक BuyBack (बाइब्याक) कार्यक्रम सुरु


सञ्चार डबली
  • बिहीबार , साउन २२ २०८२
  • 4.6K
    SHARES

  • images
    गोगोरो स्कुटर अब झनै मूल्यवान !, नेपालमा पहिलो पटक BuyBack (बाइब्याक) कार्यक्रम सुरु

    काठमाडौँ । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युला इनर्जीले, नेपालमै पहिलो पटक विद्युतीय दुई पाङ्ग्रे सवारीका लागि BuyBack Guarantee (बाइब्याक ग्यारेन्टी) कार्यक्रम सुरु गरेको छ ।

    यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसा दिलाउँदै नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ । यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित resale value दिने पहिलो विद्युतीय दुई पांग्रे सवारी ब्रान्ड बनेको छ ।

    यो कार्यक्रम साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको छ र यस अन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटरहरू smart scooters किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४०,००० किलोमिटर (जुनपहिले पुग्छ) अवधिभित्र रु १ लाखको BuyBackvalue भ्यालु ग्यारेन्टी गर्नेछ ।

    विद्युतीय सवारी साधन (इभी) प्रयोगकर्ताहरूको मुख्य चिन्ता भनेको ब्याट्री बिग्रँदै जानु हो, जसले resale value घटाउँछ । तर, गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ । परम्परागत इभिहरूमा ब्याट्री सवारी धनीकै हुन्छ भने गोगोरोमा ग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री swap station मा swap गर्ने (चार्ज सकिएको ब्याट्री राखेर फुल चार्ज भएको ब्याट्री लिने) हो ।

    यसकै परिणामस्वरूप, गोगोरो बाइब्याकग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको छ र नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको छ ।

    “गोगोरो नेपालको यातायातको भविष्य हो “नेब्युला इनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने,“सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ । हामीले काठमाडौँभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेका थियौँ । आज हामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौँ ।”

    नाइमाका लागि विशेष अफरहरू

    बाइब्याक ग्यारेन्टीसँगै, गोगोरोले नाइमा अटो शो मा केही आकर्षक अफरहरू पनि लिएर आएको छ :

    • दशैँ अफरको सुरुवात : नाइमामा गोगोरोले दशैँ विशेष स्किम पनि घोषणा गर्दैछ जसमा ब्याट्री स्वाप प्रणालीमा आउन चाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू दिइनेछ ।

    • ब्याट्री स्वाप लाइभ डेमो : आगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वाप प्रविधि प्रत्यक्ष रूपमा अवलोकन र अनुभव गर्न सक्नेछन् ।

    • अप्टिमाइज गरिएको स्वाप स्टेशन प्रदर्शन : गोगोरोको काठमाडौँभरका ४५ वटा स्वाप स्टेसनहरूलाई अब अझ छिटो सेवा दिन र भरपर्दो बनाउन अप्टिमाइज गरिएको छ ।

    • अपग्रेड गरिएको JEGO स्कुटर प्रदर्शन : यहाँहरू हालसालै अपग्रेड गरिएको JEGO स्कुटरको सुरुमै अवलोकन गर्नेहरू मध्येमा पर्न सक्नु हुनेछ किनकि अपग्रेड गरेपछि यो पहिलोपटक सार्वजनिक रूपमा प्रदर्शन हुँदैछ ।

    गोगोरोले पूर्वाधारमा गरेको लगानी, ग्राहक केन्द्रित प्रविधि, ब्याट्रीमा लाइफटाइम ग्यारेन्टी र long–term value assurance सहितको बलियो संयोजनमार्फत् नेपालमा विद्युतीय यातायातको क्षेत्रमा नयाँ बेन्चमार्क बनाइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend