२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सेग्वेले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा चार नयाँमोडेल सार्वजनिक गर्ने तयारी


सञ्चार डबली
  • मंगलबार, साउन २० २०८२
  • 5.4K
    SHARES

  • images
    सेग्वेले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा चार नयाँमोडेल सार्वजनिक गर्ने तयारी

    नेपालमा विद्युतीय सवारी साधनप्रतिको चासो निरन्तर बढ्दै गएको छ। यही पृष्ठभूमिमा आइहबप्रा.लि., सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरकले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँमोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ। राजधानी काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजनाहुने यो पाँचदिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेग्वेका नयाँमोडेल प्रमुखआकर्षण हुने अपेक्षा गरिएको छ।

    कम्पनीका अनुसार, यस पटक नेपाली बजारका लागि ल्याउन लागि एक मोडेलहरूमादुई ई–स्कूटर (‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन्। यीमोडेलहरू शहरी दैनिक प्रयोग देखि जीवनशैली र वातावरण मैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ।

    ‘सेग्वे ई१५० एमके२’ मा७५०० वाट मोटर र दुईवटा १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० कि.मी.घण्टा गति लिन सक्छ र ७५ देखि १२० कि.मी. सम्मयात्रागर्न सक्छ। ‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० कि.मी.घण्टा सम्मको गति लिन सक्छ र ६० देखि १०० कि.मी. सम्मको दायरा दिनेछ।

    ‘सेग्वे जाइबर ई–बाइक’मा ३००० वाट हब मोटर र १४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ। यसले अधिकतम ३२ कि.मी.घण्टा गति लिन सक्छ र ७७ कि.मी. सम्मचल्न सक्छ। यो मोडेल दैनिकी र हल्का साहसिकयात्रु दुवैका लागि उपयुक्त मानिन्छ। ‘सेग्वे जाफारी ई–साइकल’मा७५० वाट मोटर, ९३६ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ३२ कि.मी.घण्टा गति लिन सक्छ र ५८ कि.मी. सम्मचल्न सक्छ। साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

    यी चार मोडेलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा गरिएको छ। यसले प्रदर्शन, सहजता र दिगोपनलाई एकसाथ प्रस्तुत गर्नेछ, जसले नेपाली यात्रुहरूलाई शक्तिशाली, भरपर्दो र वातावरण मैत्री विकल्प उपलब्ध गराउनेछ।

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भोलि देखि (अगस्ट ६) सुरु हुँदैछ, र यस वर्षको प्रमुख आकर्षण मध्ये सेग्वेका यीनयाँमोडेल रहने निश्चित भएको छ। मूल्य र उपलब्धताको जानकारी भने एक्स्पोको क्रममा आधिकारिक रूपमा सार्वजनिक गरिनेछ।

    सेग्वेको बारेमा
    सेग्वे व्यक्तिगत यातायात साधन प्रदान गर्ने विश्वस्तरको कम्पनी हो। करिब दुई दशकभन्दा बढी अनुभव सहित सेग्वेले हाल ८० भन्दा बढी मुलुकहरूमा आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ। यसको सहायक कम्पनीहरू बीजिङ, सियाटल, लस एन्जलस, आम्स्टरड्याम, सिओल, सिंगापुर लगायत प्रमुख शहरहरूमा रहेका छन्। सेग्वे–नाइनबोटले प्रयोगकर्तालाई प्रविधिमैत्री र भविष्यमुखी सवारी साधन उपलब्ध गराउने उद्देश्य सहित निरन्तर नयाँ उत्पादन विकास गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend