२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ फलफूल तथा तरकारी बजार, कुनको कति ? 


सञ्चार डबली
  • मंगलबार, साउन २० २०८२
  • 5.0K
    SHARES

  • images
    यस्तो छ फलफूल तथा तरकारी बजार, कुनको कति ? 

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मङ्गलबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज ठुलो नेपाली गोलभेँडा र तराई काउली ५५ रुपैयाँ, लोकल सानो गोलभेँडा २४ रुपैयाँ, टनेल गोलभेँडा ३६ रुपैयाँ ८० पैसा, रातो आलु ४५ रुपैयाँ ५० पैसा, रातो आलु ९भारतीय० ३६ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ४३ रुपैयाँ ५० पैसा, सेतो आलु ३५ रुपैयाँ, सुकेको प्याज ३७ रुपैयाँ कायम गरिएको छ ।

    यसैगरी लोकल गाजर प्रतिकेजी ९६ रुपैयाँ, तराई गाजर ८५ रुपैयाँ, लोकल बन्दा २१ रुपैयाँ ८० पैसा, स्थानीय काउली ७६ रुपैयाँ, रातो मूला ३७ रुपैयाँ, हाइब्रीड सेतो मूला ३४ रुपैयाँ, लाम्चो भन्टा १७ रुपैयाँ, डल्लो भन्टा ३५ रुपैयाँ, तने बोडी ७५ रुपैयाँ, मकै बोडी ७४ रुपैयाँ, लोकल घिउ सिमी ६६ रुपैयाँ, लोकल परवर र हाइब्रीड घिउ सिमी ५५ रुपैयाँ, राजमा घिउ सिमी १३५ रुपैयाँ, टाटे सिमी ५८ रुपैयाँ, भटमाकोशा ११२ रुपैयाँ, तितो करेला २४ रुपैयाँ, लौका ४३ रुपैयाँ ४० पैसा कायम गरिएको छ । 

    त्यस्तै, तराई परवर प्रतिकेजी ५६ रुपैयाँ, चिचिण्डो २६ रुपैयाँ, घिरौला ३८ रुपैयाँ, झिगूनी ५१ रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, लाम्चो फर्सी ३१ रुपैयाँ, डल्लो फर्सी ४५ रुपैयाँ, सलगम ८५ रुपैयाँ, भिण्डी ५० रुपैयाँ, पिंडालू ८५ रुपैयाँ, स्कूस ४७ रुपैयाँ, रायोको साग ३६ रुपैयाँ, पालूगो साग ४७ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, हरियो प्याज ९४ रुपैयाँ, कन्य च्याउ १५६ रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, कुरीलो ३२० रुपैयाँ, न्यूरो ८६ रुपैयाँ र ब्रोकाउली १९० रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend