२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

‘५ वर्षसम्म शुन्यखर्च’ अफर सहित सार्वजनिक भयो नया दिपल एस०७ आईसीए

नेपालको ‘बेस्ट लुकिंगइभी’दिपल एस०७मा अब ‘नेक्स्ट–लेभलकनेक्टिभिटी’


सञ्चार डबली
  • आइतबार, साउन १८ २०८२
  • 6.6K
    SHARES

  • images
    ‘५ वर्षसम्म शुन्यखर्च’ अफर सहित सार्वजनिक भयो नया दिपल एस०७ आईसीए

    आइतबार, १८ साउन २०८२

    काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ । नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभीको अनुभवलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

    नेपालको सबैभन्दा सुन्दर इभीका रुपमा आफूलाई स्थापित गर्न सफल दिपल एस०७आईसीए भेरियन्ट नयाँ एक्साइटिंग कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ । यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ । दिपल एस०७आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४१० किलोमिटरको डब्लुएलटीपी रेन्जदिनेछ ।

    नयाँदिपल एस०७आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभीहो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भन्नु भयो, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो नयाँइभीको सार्वजनिकी करणले एमएडब्लु नेपालको इभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।’

    नयाँ पुस्ताको कनेक्टिभिटीले पहिलेभन्दा स्मार्ट

    नयाँ दिपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्यालखोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ । साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ ।

    लक्जरी र प्रविधिको नयाँउचाइ

    दिपल एस०७आईसीएमा आफ्नो ट्रेन्ड सेटिंग सुन्दरता र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्नेछ । यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य इभीमा नभएका इन्डस्ट्री फस्ट फिचरले दिपलको भिजनलाई दर्शाउँछ ।

    यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिंग असिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १.९ स्वायर मिटरको पानोरामिक ग्लास रुफलले प्रिमियम क्याबिन एक्स पिरियन्स दिन्छ ।

    ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ अफर

    दिपल एस०७र्आइसीएको लन्चकै अवसरमा एमएडब्लु वृद्धिले बेजोड स्किम ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ । यो स्किममा ग्राहकले दिपल इभीमा पाँच वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन । दिपल एस०७ को ग्राहकले पाँच वर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउनु हुनेछ । यो स्किममार्फत ग्राहकले नेपालकै नं १ लक्जरी इभीदिपल एस०७ सहजैसँग खरिद गर्न सक्नुहुनेछ ।

    नयाँदिपल एस०७आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड ओनरसिप स्किममार्फत इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा आफ्नो नं १ स्थानलाई निरन्तरता दिने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend