२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ स्थिर


सञ्चार डबली
  • सोमबार, वैशाख ४ २०८०
  • 9.3K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ स्थिर

     

    काठमाडौं, वैशाख ४ गते ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सोमबार पनि अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो । 

    नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६८ पैसाले घटेको हो । आइतबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ९ पैसा कायम गरिएको थियो।

    सोमबार बेलायती पाउण्ड स्टर्लिङको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ २२ पैसाले कम हो । आइतबार यसको खरिदमूल्य १६३ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य १६४ रुपैयाँ १९ पैसामा कारोबार भएको थियो । 

    त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । 

    सोमबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसामा पाइनेछ । आइतबार साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ ।

    उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८५ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४८ रुपैयाँ १९ पैसा तोकिएको छ।

  • सम्बन्धित विषय:

  • # मुद्राको विनिमयदर
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend