२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुने


सञ्चार डबली
  • मंगलबार, साउन १३ २०८२
  • 7.2K
    SHARES

  • images
    नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुने


    काठमाडौं ।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गर्न लागिएको “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५”को पत्रकार सम्मेलन सोमबार सम्पन्न भएको छ ।

    कार्यक्रमको सञ्चालन नाइमाका कार्यकारी निर्देशक, राज कुमार दुलालले गरेका थिए भने अटो एक्स्पो समितिका सदस्य गैरव सारडाले उद्घाटन मन्तव्यमा एक्स्पोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिदै कार्यक्रममा उपस्थित पत्रकार, प्रायोजक, सदस्य, तथा साझेदारहरुलाई धन्यवाद ज्ञापन गरे ।

    सोल्टी होटलको सुरसुधा हलमा आयोजित सम्मेलनमा कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै अटो एक्स्पो समिति प्रमूख शिरीष कुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै गरेको र त्यहाँको भौतिक पूर्वाधारमा गरिएको सुधार – विशेषतः जल निकासीे, अपाङ्ग मैत्री पूर्वाधार जस्ता व्यवस्था– उल्लेखनीय रहेको बताए । उनले यसपालि नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी पनि दिए। प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरु सार्वजनिक हुने जानकारी गराए ।

    त्यसपश्चात् मूख्य प्रायोजक संस्थाहरू – एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमूख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाए।

    एभ्रेष्ट बैंक र नेशनल इन्श्योरेन्स प्रमूख प्रायोजक रहेको प्रर्दशनीमा टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल, र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

    प्रर्दशनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको छ। राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशत सम्मको छुट दिँदै छ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रर्दशनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सासेवा प्रदान गर्ने भएको छ ।

    यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाईन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । यो प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक संजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिश्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येक लाई १०,००० नगद पुरस्कार प्रदान गरिने छ ।

    प्रर्दशनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजे सम्म “ मोबिलिटी हिजो, आज, र भोलि” विषयमा ज्ञानवर्घक सत्र संचालन गर्दै छन् भने अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यलय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इंस्टीच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिति रहने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend