२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल आयो लीपमोटरको बी–१० एसयूभी, नाइमा मोविलिटी एक्स्पोमा बुकिङ सुरु हुने


सञ्चार डबली
  • सोमबार, साउन १२ २०८२
  • 6.4K
    SHARES

  • images
    नेपाल आयो लीपमोटरको बी–१० एसयूभी, नाइमा मोविलिटी एक्स्पोमा बुकिङ सुरु हुने


    काठमाडौं। सांग्रिला मोटर्सले आगामी नाइमा मोविलिटी एक्स्पोमा प्रदर्शनी गर्ने बी–१० एसयूभी नेपाल आइपुगेको छ । लीपमोटरको दोस्रो एसयूभीको रुपमा बी–१० नेपाल आएको हो ।

    नाइमा मोविलिटी एक्स्पोमा राखेर बुकिङ सुरु गर्ने योजनाका साथ बी–१० नेपाल ल्याएको कम्पनीको भनाई छ । यसको डेलिभरी भने सेप्टेम्बरबाट सुरु हुनेछ ।

    आगामी साउन २१ गतेबाट आयोजना हुन लागेको मोविलिटी एक्स्पोमा विशेष प्रदर्शनी हुने बी–१० एसयूभी नेपाली बजारमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा आउने छ । यसको पीकटर्क २४० न्यूटन मिटर छ ।

    लीपमोटरले बी–१० एसयूभीमा ६७.१ किलोवाट आवर र ५६.२ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । सम्भवत दुबै ब्याट्री अप्सनमा बी–१० नेपाल आउने छ ।

    युरोपियन ब्राण्ड स्टेलान्टीसको प्रबेशसँगै आक्रमक बजार विस्तारमा देखिएको लीपमोटरले बी–१० एसयूभीलाई फिचर लोडेड बनाएर ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend