२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आइओइ महासचिव सान्तोस र महासङ्घका अध्यक्ष पदाधिकारीबीच भेटवार्ता


सञ्चार डबली
  • शुक्रबार, साउन ९ २०८२
  • 6.0K
    SHARES

  • images
    आइओइ महासचिव सान्तोस र महासङ्घका अध्यक्ष पदाधिकारीबीच भेटवार्ता


    काठमाडौं । नेपाल भ्रमणमा रहेका रोजगारदाताहरूको अन्तर्राष्ट्रिय सङ्गठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन्। बिहीबार महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसङको भेटमा उनले उक्त धारणा राखेका हुन्।

    महासङ्घका अध्यक्ष ढकालको निमन्त्रणमा आएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिक करणमा महासङ्घको भूमिका अनुकरणीय भएको बताएका हुन्। साथै उनले सरकार र ट्रेड युनियनहरूको रचनात्मक भूमिका रहेको पनि बताए।

    तीन दिने नेपाल भ्रमणमा रहने महासचिव सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा रहेनछन्। यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

    महासङ्घमा भएको भेटवार्ताका क्रममा महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको २०२६ मा हुने अतिकम विकसित मुलुकबाट स्तरोन्नति र यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पार्ने प्रभावमा आइओईको सहजिकरणका विषयमा चर्चा गरेका थिए।

    साथै उनले निजी क्षेत्रको प्रतिस्पर्धात्मकता क्षमता अभिवृद्धि लगायतका आइओइका सहयोग आवश्यक रहेको बताए। “नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नति हुँदा हामीसँग अवसर र चुनौती दुवै छन्। यसबाट अगाडि बढ्न आइओईका अनुभव आदानप्रदान, विश्व समुदायमा नेपालको पक्षमा पैरवी र सहकार्यका लागि हामी आइओइको सहयोगको अपेक्षा गर्दछौँ। ”अध्यक्ष ढकालले भने।

    नेपालमा लगानीको वातावरण सिर्जना गर्न, सरकार रोजगारदाता र श्रमिक सङ्गठन बीच सुमधुर सम्बन्ध कायम राख्दै औद्योगिक वातावरण निर्माण गर्न महासङ्घले सधैँ उल्लेखनीय काम गर्दै आएको अध्यक्ष ढकालले बताए।

    सो अवसरमा उनले स्तरोन्नति पछिको अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक सहजिकरणका लागी आइओई सधैँ सकारात्मक रहेको बताए। नयाँ अवसरहरूमा नेपालका उद्यमीहरूलाई जोड्न पनि सहजिकराना गर्ने बताए।

    सो अवसरमा महासङ्घका उपाध्यक्ष हेमराज ढकाल, महासङ्घका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य, महासङ्घका केन्द्रीय सदस्य तथा परिषद्का उपसभापति बाबुकाजी कार्की र अरनिको राजभण्डारी लगायतले नेपालमा रोजगारदाता र श्रमिक बीच असल सम्बन्ध निर्माण तथा औद्योगिक वातावरणका विषयमा आआफ्नो धारणा राखेका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend