२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपालमा बिवाईडीको ‘सिलायन–७’ सार्वजनिक, मूल्य ७२ लाख ९९ हजार


सञ्चार डबली
  • बिहीबार , साउन ८ २०८२
  • 6.9K
    SHARES

  • images
    नेपालमा बिवाईडीको ‘सिलायन–७’ सार्वजनिक, मूल्य ७२ लाख ९९ हजार

    काठमाडौं। नेपालका लागि बिवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले बिहीबार नयाँ विद्युतीय एसयूभी ‘बिवाईडी सिलायन–७’ सार्वजनिक गरेको छ। गत वर्षको नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको यो एसयूभी अब नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको हो। कम्पनीले यस गाडीको मूल्य ७२ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

    522681696_1086380119762299_2847152735318157695_n-1753365369.jpg
    सिलायन–७ दुई फरक क्षमताका ब्याट्री विकल्पमा उपलब्ध छ। यसमा ७१.८ किलोवाट आवर र ८०.६४ किलोवाट आवरको ब्याट्री अप्सन दिइएको छ। गाडी दुई भेरियन्टमा उपलब्ध छ — प्रिमियम र परफर्मेन्स। प्रिमियम भेरियन्ट रियर ह्वील ड्राइभ कन्फिगरेसनमा उपलब्ध छ, जसले ३१३ हर्सपावर पावर र ३८० न्यूटन मिटर टर्क उत्पन्न गर्छ। यो भेरियन्टले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन ६.७ सेकेन्ड समय लिन्छ। अर्कोतर्फ, परफर्मेन्स भेरियन्ट अल ह्वील ड्राइभ विकल्पमा आउँछ, जसले ५३० हर्सपावर पावर र ६९० न्यूटन मिटर टर्क दिन्छ। यो भेरियन्टले ०–१०० किलोमिटर प्रतिघण्टा गति लिन ४.५ सेकेन्ड मात्र लिन्छ।

    सिलायन–७ को लम्बाइ ४,८३० मिलिमिटर, चौडाइ १,९२५ मिलिमिटर र उचाइ १,६२० मिलिमिटर रहेको छ भने यसको ह्वीलबेस २,९३० मिलिमिटरको छ। गाडीको बाहिरी बनावट निकै आकर्षक छ। यसमा बिवाईडीको लोकप्रिय मोडल ‘सिल’ जस्तै हेडलाइट डिजाइन दिइएको छ। क्लोज्ड फ्रन्ट ग्रिल, एग्रेसिभ स्टाइलको बम्पर कट र साइड प्रोफाइलमा १९ इन्चको ड्युअल टोन अलोय ह्वील दिइएको छ। साथै, २० इन्चको विकल्प पनि उपलब्ध छ। फ्लस टाइप डोर ह्यान्डल र ब्ल्याक रग्ड क्ल्याडिङले गाडीलाई थप स्पोर्टी बनाएको छ।

    524100833_1279412167163471_4361659257684534785_n-(2)-1753365442.jpg
    यस गाडीको इन्टेरियर पनि अत्यन्तै प्रिमियम छ। गाडीमा १५.६ इन्चको रोटेटेबल टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ वटा स्पिकरयुक्त साउन्ड सिस्टम, हेड–अप डिस्प्ले र प्यानोरामिक सनरुफ उपलब्ध छ। साथै, सिटहरूमा हीटिङ र भेन्टिलेसन फंक्सन दिइएको छ। ५० वाटको वायरलेस फोन चार्जर, कनेक्टेड कार टेक्नोलोजी र पावर्ड टेलगेट पनि यसमा समावेश छन्।

    सुरक्षाको दृष्टिकोणले पनि सिलायन–७ अत्यन्तै भरपर्दो छ। यसमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर जस्ता सुविधा समावेश छन्। साथै, यसमा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम  पनि उपलब्ध छ, जसअन्तर्गत रियर कोलिजन वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल लगायतका विशेषता छन्।

    नेपालमा विद्युतीय गाडीको बजार विस्तार हुँदै गएको सन्दर्भमा बिवाईडीको नयाँ मोडल ‘सिलायन–७’ ले थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ। साइमेक्सले ग्राहकलाई आकर्षक सेवा सुविधा र दीर्घकालीन वारन्टी प्याकेजसहित उपलब्ध गराउने जनाएको छ

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend