२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भोलिदेखि हकप्रद शेयर खुला गर्दै नेपाल इन्स्योरेन्स कम्पनी


सञ्चार डबली
  • सोमबार, साउन ५ २०८२
  • 7.1K
    SHARES

  • images
    भोलिदेखि हकप्रद शेयर खुला गर्दै नेपाल इन्स्योरेन्स कम्पनी

     

    काठमाडौं । भोलि साउन ६ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः.४७८३ अनुपातमा ३४.७८ प्रतिशतले हुन आउने हकप्रद जारी गर्ने भएको हो।

    कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९६७।७६ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

    कम्पनीका शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयर आवेदन दिन सक्नेछन्। केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट लगानीकर्ताहरुले खरिद आवेदन दिन सक्नेछन्। साउन २६ गतेसम्म कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    जेठ ३० गते कम्पनीले हकप्रद शेयर जारी गर्न बुकक्लोज गरेको थियो भने २९ जेठसम्म कायम शेयरधनीहरुले यो हकप्रदमा आवेदन दिन पाउनेछन्।

    हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ। हकप्रद बिक्रीपछि कम्पनीको न्यूनतम चुक्तापुँजी कायम हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend