२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न


सञ्चार डबली
  • सोमबार, साउन ५ २०८२
  • 6.1K
    SHARES

  • images
    डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न

    सोमबार, ०५ साउन २०८२
    ललितपुर । भैसेपाटीस्थित वन ट्री हिल फुटसलमा डिशहोमले आयोजना गरेको पहिलो डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न भएको छ। व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा १४ कम्पनीका १७ टिमले भाग लिएका थिए।

    उल्लेखित प्रतियोगिता अन्तर्गत सहभागी १७ टिमलाई चारओटा समूह बीच बिभाजन गरि समूहचरणको खेल खेलाईएको थियो। समूहचरणको खेल समाप्ति पश्चात समूह “A” बाट Aqore Software Pvt. Ltd. र IME Limited, समूह “B” बाट Optinet Solution Pvt. Ltd. र IME Cooperative Pvt. Ltd., समूह “C” बाट Nepal Digital Service Pvt. Ltd. र CG Communication Ltd. र समूह “D” बाट DishHome Internet र Amnil Technology Pvt. Ltd. गरि जम्मा ८ ओटा टिम क्वाटर फाईनल स्थान सुरक्षित गर्न सफल भएका थिए।

    डिशहोमको तर्फबाट ३ वटा टिम (डिशहोम, डिशहोम इन्टरनेट र डिशहोम डाटालय) प्रतियोगितामा सहभागी भएको भएतापनि “टिम डिशहोम इन्टरनेट” क्वाटर-फाइनल सम्म पुगी CG Communication Ltd. को टिमबाट १ गोलले पराजित भएको थियो ्र क्वाटर-फाइनलको खेल पश्चात सेमी-फाइनलमा प्रवेश गरेका चार (४) वटा टिम (IME Cooperative, Nepal Digital Service, Optinet Solution, CG Communication) मध्ये Final को यात्रा भने CG र NDS ले तय गरेका थिए।

    ‘स्वास्थ्य, सम्बन्ध र एकताका लागि खेल’ नारासहित भएको प्रतियोगिताको फाइनलमा सिजी कम्युनिकेसन लिमिटेड (CG) ले नेपाल डिजिटल सर्भिस (NDS) लाई हराउँदै उपाधि जित्यो। १७ टिमलाई चार समूहमा विभाजन गरिएको थियो। सिजी कम्युनिकेसन, नेपाल डिजिटल सर्भिस, अप्तिनेट सोलुसन र आईएमई कोअपरेटिभ सेमी-फाइनलमा पुगे।

    फाइनलमा सिजीका सुशील श्रेष्ठ र सलिन श्रेष्ठले पहिलो हाफमा गोल गरे भने दोस्रो हाफमा थप गोल थप्दै जित सुनिश्चित गरे। तेस्रो स्थानका लागि अप्तिनेट सोलुसनले आईएमई कोअपरेटिभलाई हरायो। विजेता सिजी, दोस्रो भएको नेपाल डिजिटल सर्भिस र तेस्रो भएको अप्तिनेट सोलुसनले नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।

    उत्कृष्ट खेलाडी धिरज बास्कोटा (अप्तिनेट सोलुसन) र उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (सिजी कम्युनिकेसन) ले समान नगद पुरस्कार पाए। समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गरे। डिशहोमले यो प्रतियोगितालाई वार्षिक रूपमा निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend