२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पुन: सहकार्य


सञ्चार डबली
  • बुधबार, असार ३२ २०८२
  • 4.2K
    SHARES

  • बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पुन: सहकार्य

    बुधबार, ३२ असार २०८२
    काठमाडौँ । बिराटनगर किंग्स यो सिजनका लागि हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँलाई पुनः आफ्नो आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पाउँदा अत्यन्त उत्साहित छ। गत वर्षको सफल सहकार्य पछि, नेपालको एक प्रिमियम हस्पिटालिटी ब्रान्डसँग पुनः सहकार्य गर्दै अगाडि बढ्न पाउँदा टिमले सकारात्मक अपेक्षा लिएको छ।

    राजधानीको मुटुमा अवस्थित हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँ आफ्नो अत्याधुनिक आराम, उत्कृष्ट सेवा र स्थानीय संस्कृतिको झल्को दिने आकर्षक वातावरणका लागि प्रसिद्ध छ। यो सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रको उत्कृष्टतालाई सँगै अघि बढ्ने साझा दृष्टिकोण प्रस्तुत गरेको छ।

    यस सहकार्यको अंश स्वरूप, बिराटनगर किंग्सका खेलाडी, अफिसियलहरू तथा महत्वपूर्ण पाहुनाहरूले प्रतियोगिता अवधिभर प्रिमियम हस्पिटालिटी अनुभवगर्न पाउने छन्। होटलको सेवामा देखिने निष्ठा र सुस्पष्ट व्यवस्थापनले मैदान बाहिरको समयलाई सहज र सन्तुलित बनाउने विश्वास लिइएको छ।

    बिराटनगर किंग्सका व्यवस्थापनले भने, “हामी हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँसँग पुनःसहकार्य  गर्न पाउँदा खुसी छौं। वहाँहरूबाट गत सिजनमा प्राप्त आतिथ्यता, पेसागत सेवा र समर्पण प्रशंसनीय  थियो। यसले हाम्रो टिममा सकारात्मक माहोल सिर्जना गरेको थियो। हामी यो वर्ष पनि सँगै काम गर्न आतुर छौं।”

    यो सहकार्य केवल आराम र सुविधा सम्म मात्र  सीमित छैन, टिमले सिजन भर संकलन गर्ने समग्र अनुभव सँग पनि जोडिएको छ। यसले टिमको क्रिकेट मैदान बाहिर पनि अविस्मरणीय अनुभवहरू प्रदानगर्ने प्रतिबद्धता झल्काउँछ।

    बिराटनगर किंग्स सधैं  मैदानभित्र र बाहिर उत्कृष्टता प्राप्त गर्न प्रयत्नशील रहन्छ र हायात सेन्ट्रिकसँगको यो सहकार्य सोही दिशातर्फ उठाइएको अर्को महत्वपूर्ण कदम हो।

    बिराटनगर किंग्स बारे

    बिराटनगर किंग्स नेपाल प्रिमियर लिग अन्तर्गत कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रतिष्ठित क्रिकेट फ्रेन्चाइज हो। यस टिमको उद्देश्य स्थानिय प्रतिभालाई उजागर गर्नु, स्पोर्ट्स म्यानशिपलाई प्रोत्साहन गर्नु र समुदाय सँग सशक्त सम्बन्ध स्थापना गर्दै प्रदेशको गौरव बढाउनु हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend