२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टीभीएसको स्कुटर ‘टीभीएस जुपिटर ११०’ नेपाली बजारमा सार्वजनिक


सञ्चार डबली
  • सोमबार, असार २३ २०८२
  • 7.6K
    SHARES

  • images
    टीभीएसको स्कुटर ‘टीभीएस जुपिटर ११०’ नेपाली बजारमा सार्वजनिक

    सोमबार, २३ असार, २०८२ गते

    काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको नयाँ स्कुटर टीभीएस जुपिटर ११० नेपालमा सार्वजनिक भएको छ। टीभीएस ब्राण्डको नेपालका लागि आधिकारी आयातकर्ता तथा बिक्रेता कम्पनी जगदम्बा मोटर्सले उक्त स्कुटर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नयाँ जुपिटर सार्वजनिक गरिएको हो ।

    नयाँ जुपिटरको मूल्य २ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार लन्चिङ अवसरमा जुलाई महिनाभर शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

    कम्पनीका अनुसार जुपिटरलाई पूर्ण रूपमा ‘एर्गोनोमिक्स’ ध्यानमा राखेर सपोर्टिव र स्टाइलिश डिजाइन गरिएको छ। सबै उमेर, लिङ्ग र शारीरिक बनावट भैएका प्रयोगकर्तालाई लक्षित गर्दै, स्कुटरको ह्यान्डल, सिट उचाइ र फ्लोरबोर्ड अत्यन्त सहज बनाइएको कम्पनीको भनाई छ ।

    नयाँ जुपिटरमा ११३ सीसी क्षमताको इन्जिन छ, जसले ८ बीएचपी पावर र ९.२ एनएम टर्क उत्पादन गर्छ । सीभीटी गियरबक्ससहितको यो स्कुटरलाई हलुका बनाउन विभिन्न हल्का मेटेरियल र पोलिमर प्रयोग गरिएको छ ।

    कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यो स्कुटर नेपाली बजारका लागि विशेष रूपमा तयार पारिएको बताए । उनले भने, "भारतमा चल्ने जुपिटर र नेपालमा ल्याइएको जुपिटरमा धेरै भिन्नता छ । नेपाली उपभोक्ताको आवश्यकता र यहाँको सडक सुहाउँदो बनाउन यसलाई २५ हजार किलोमिटरभन्दा बढी परीक्षण गरिएको छ ।" उनले शंकर ग्रुप र टीभीएसको १० वर्षे सफल सहयात्राले ग्राहकको विश्वास जितेको बताए ।

    यस्तै, जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक मिश्रले नेपालको बढ्दो सहरी चाप र महँगो पेट्रोलको मूल्यलाई ध्यानमा राख्दै नयाँ टीभीएस ज्यूपिटर ११० स्कुटर बजारमा ल्याइएको बताए । उनले यो स्कुटर विशेषगरी मध्यवर्गीय परिवार, विद्यार्थी, महिला र कामकाजी व्यक्तिहरूको दैनिक यात्रालाई सहज र किफायती बनाउन डिजाइन गरिएकोमा जोड दिए ।

    tvs_s.png
    undefined

    कार्यक्रममा ब्राण्ड एम्बेसेडर स्वस्तिमा खड्का र प्रदीप खड्काले टीभीएससँगको ५ वर्ष लामो सहकार्यप्रति गर्व महसुस भएको बताए । उनीहरूले टीभीएसले ग्राहकसँग बलियो सम्बन्ध बनाएको र जुपिटरले नेपाली बजारमा नयाँ तरंग ल्याउने विश्वास व्यक्त गरे ।

    यसको आकर्षक पियानो ब्ल्याक फिनिश र सिग्नेचर इनफिनिटी लाइट्सले आधुनिक नेपालको बदलिंदो सौन्दर्य रुचिलाई झल्काउँछ । साथै, यो स्कुटरमा स्मार्ट अलर्टसहितको पूर्ण डिजिटल रंगीन स्पीडोमिटर, औसत र रियल टाइम माइलेज देखाउने सुविधाजस्ता फिचरहरू समावेश छन् । नयाँ जुपिटर पहिलेभन्दा बढी पावर, स्टाइल, माइलेज र कम्फर्टका साथ नेपाली बजारमा आएको कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend