२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मुलपानी क्रिकेट मैदानको नाम फेरियो


सञ्चार डबली
  • शनिबार, असार १६ २०८०
  • 12.7K
    SHARES

  • images
    मुलपानी क्रिकेट मैदानको नाम फेरियो


    काठमाडौं, १६ असार । मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ ।सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को शुक्रवार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो । क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामाकरण गरेको हो ।

    गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । लामो समय देखी बन्न सुरु गरेको भए पनि अझै पनि पुरा नभएको सो खेल मैदानलाई पुर्णता दिनका लागि सरकारले पनि यस आर्थिक बर्षमा सहयोग प्रदान गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend