२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सानिमा जिआइसी इन्स्योरेन्सद्वारा जनज्योति विद्यालयलाई शैक्षिक सामग्री सहयोग


सञ्चार डबली
  • बिहीबार , असार १९ २०८२
  • 5.2K
    SHARES

  • images
    सानिमा जिआइसी इन्स्योरेन्सद्वारा जनज्योति विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    काठमाडौं- सानिमा जिआइसी इन्स्योरेन्सले सुर्खेत जिल्लाको पन्चपुरी नगरपालिका १० स्थित श्री जनज्योति माध्यामिक विद्यालयका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

    कम्पनीले आवश्यक कम्प्युटर ३ थान, खानेपानी ड्रम २ थान, कपी ५०० थान, डट्पेन ५०० थान र पानी खाने बोतल ५०० थान गरी करिव २ लाख १२ हजार रुपैयाँ बराबरको सामाग्री बितरण गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले सो सहयोग गरेको हो ।

    सो कार्यक्रममा उक्त सामाग्रीहरु नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख निल प्रशाद लामिछाने, सानिमा जिआइसी इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख गोविन्द जंग सिंह, शाखा प्रमुख सन्तोष थापा लगायतका कर्मचारीहरुबाट विद्यालयलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड, कर्णाली प्रदेश प्रमुख गोविन्द जङ्ग सिंह, शाखा प्रमुख सन्तोष थापा लगायत कार्यलयका अन्य कर्मचारीहरु, पन्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारी, विद्यालयका प्रधानाध्यापक कृष्ण राज ढकाल, नेपाल बीमा प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय प्रमुख निल प्रसाद लामिछानेको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend