२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

डोङफेङ नामीद्वारा नेपालभर ‘फाइभ स्टार अफर’ को घोषणा


सञ्चार डबली
  • बिहीबार , असार १२ २०८२
  • 5.6K
    SHARES

  • images
    डोङफेङ नामीद्वारा नेपालभर ‘फाइभ स्टार अफर’ को घोषणा

     

    काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमए डब्लु भेहिकल ट्रेडिङले ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ। यो विशेष अफर सीमित अवधिका लागि नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुनेछ। अफरअन्तर्गत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा थुप्रै अतिरिक्त लाभहरू प्राप्त गर्न सक्नेछन्, जसले खरिद प्रक्रिया अझै सहज र लाभदायक बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

    अफरमा ग्राहकले नगद छुटसहित 7kW र 3.5kW क्षमताका चार्जर पाउनेछन्। साथै, अटो प्लस बीमा, चालु आर्थिक वर्षको निःशुल्क सडक कर तथा निःशुल्क एक्सेसरिजहरू पनि प्राप्त गर्न सकिनेछ। यी सबै सुविधा ग्राहकका लागि विद्युतीय सवारी खरिदलाई अझ सहज, सुरक्षित र मूल्यवान बनाउने उद्देश्यले ल्याइएको हो।

    हालको बढ्दो विद्युतीय सवारी बजारमा नामी लोकप्रिय विकल्पका रूपमा स्थापित भइसकेको छ। आधुनिक डिजाइन, उत्कृष्ट प्रविधि, प्रभावशाली ड्राइभिङ रेञ्ज र प्रतिस्पर्धी मूल्यका कारण नामीले धेरै ग्राहकहरूको पहिलो रोजाइ बन्ने सफलता हात पारिरहेको छ। यसले स्मार्ट शहरी उपभोक्ताहरूका लागि सुलभ, भरपर्दो र वातावरणमैत्री यातायात समाधानको परिचय गराएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend