२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

लक्ष्मी ल्युब आयलले दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि Free Service Camp आयोजना गर्ने


सञ्चार डबली
  • मंगलबार, असार १० २०८२
  • 9.3K
    SHARES

  • images
    लक्ष्मी ल्युब आयलले दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि Free Service Camp आयोजना गर्ने

    मंगलबार, १० असार २०८२

    काठमाडौँ । नेपालका लागि विश्व प्रसिद्ध ब्रान्ड Total Energies लुब्रिकेन्ट्सको आधिकारिक वितरक, लक्ष्मी ल्युब आयल प्रा.लि. ले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै Free Service Camp आयोजना गर्न लागेको छ। कम्पनीले सवारी साधनको दीर्घकालीन सम्भार र इञ्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका स्थानीय ग्राहक, मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य राखेको छ।

    चारपांग्रे (Four-Wheeler) सेवा शिविर:
    ● स्थान: एडभान्स अटो केयर, बुटवल
    ● मिति: असार १२ र १३, २०८२
    ● समय: बिहान १०:०० देखि साँझ ५:००

    दुईपांग्रे (Two-Wheeler) सेवा शिविर:
    ● स्थान: धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्स, भैरहवा
    ● मिति: असार १९ र २०, २०८२
    ● समय: बिहान १०:०० देखि साँझ ५:००

    शिविरमा सहभागीहरूले आफ्नो सवारीको इञ्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन्। साथै, Total Energies ब्रान्डको उच्च गुणस्तरको लुब्रिकेन्टबारे जानकारी लिन सक्नेछन्। सहभागीसँग लुब्रिकेन्टको सही प्रयोग, इञ्जिन देखभालका टिप्स, र सेवा सम्बन्धी सुझावहरू समेत साझा गरिनेछ। यो अवसर ग्राहकहरूको लागि लाभदायक हुने विश्वास कम्पनीले लिएको छ।

    लक्ष्मी ल्युब आयल प्रा.लि. ले यो कार्यक्रममार्फत आफ्ना ग्राहकहरूलाई अझ नजिकबाट सेवा पुर्याउने र लुब्रिकेशन समाधानका लागि विश्वासिलो साथको रुपमा Total Energies लाई स्थापित गर्ने लक्ष्य राखेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend