२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

तीनकुनेमा सञ्चालनमा आयो एलएस अटोको सुविधा सम्पन्न शोरुम


सञ्चार डबली
  • मंगलबार, असार १० २०८२
  • 8.3K
    SHARES

  • images
    तीनकुनेमा सञ्चालनमा आयो एलएस अटोको सुविधा सम्पन्न शोरुम

    १० असार २०८२, मंगलवार
    काठमाडौं । विश्वको सबैभन्दा ठूलो डिजाइन हाउसमध्ये एक, संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको नयाँ ऊर्जा सवारी निर्माता एलएस अटोले आफ्ना इलेक्ट्रिक एसयूभी मोडलहरू नेपाली बजारमा सार्वजनिक गरेको छ।

    नेक्सन भेन्चरलाई नेपालका लागि आधिकारिक वितरक नियुक्त गर्दै कम्पनीले पहिलो मोडल एलईभी ०१ नेपाली बजारमा भित्र्याइसकेको छ। स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा आएको यो क्रसओभर एसयूभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

    एलईभी ०१ : नेपाली यात्राका लागि अनुकूल डिजाइन

    एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको लिथियम आयन फस्फेट ब्याट्री प्याक, ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर र ३०० न्यूटन मिटर टर्क रहेको छ। यसको ग्राउण्ड क्लियरेन्स २१० एमएम र ब्याट्री प्याक तथा ग्राउण्डबीचको दूरी २२१ एमएम छ, जुन नेपाली सडकका लागि उपयुक्त मानिन्छ।

    चीनको एसभोल्ट हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको यसको ब्याट्री प्याक अन्य इभीहरूसँग तुलना गर्दा ८ प्रतिशत बढी दक्ष रहेको उल्लेख गरिएको छ। यो इभीको ड्रयाग कोएफिसियेन्ट ०.२६८ मात्र रहेको छ, जुन इलेक्ट्रिक एसयूभीहरूमा उत्कृष्ट मानिन्छ।

    एलईभी ०५ : कम्प्याक्ट र शक्तिशाली

    एलएस अटोको दोस्रो मोडल एलईभी ०५ कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरसहित ल्याउनेछ। १७५ एमएम ग्राउण्ड क्लियरेन्स र ५६ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक भएको यो इभी सिंगल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिन सक्षम छ। यसलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरद्वारा चार्ज गर्न सकिन्छ।

    एलईभी एक्स : प्रिमियम फोर ह्वील ड्राइभ मोडल

    कम्पनीले आगामी नाइमा अटो शो २०२५ मा तेस्रो मोडल एलईभी एक्स सार्वजनिक गर्ने तयारी गरेको छ। यो एलईभी ०१ को अपग्रेडेड फोर ह्वील ड्राइभ भर्सन हो, जसमा २०० किलोवाटको ड्यूल मोटर, ७७ किलोवाट आवरको ब्याट्री प्याक, हाइड्रोलिक बोनेट, फ्रड्स स्टोरेज, र नयाँ डिजाइनको एसी भेन्ट जडान गरिएको छ।

    एलईभी ०१ मा होरिजन्टल डीआरएल, सस्पेन्डेड टेललाइट डिजाइन, लेदरेट इन्टेरियर, ३६० डिग्री क्यामेरा, प्यानोरामिक सनरूफ, मल्टी ड्राइभ मोड, वायरलेस चार्जिङ प्याड लगायत उच्चस्तरीय फिचर छन्। सुरक्षा पक्षमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट, ईएससी लगायतका सुविधा उपलब्ध छन्।

    युरो एनक्यापबाट ५ स्टार सुरक्षा रेटिङ प्राप्त एलईभी ०१ को मोटर तथा ब्याट्रीमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ।

    lsato_ev_44.jpg
    undefined

    नेक्सन भेन्चरले आफ्नो नयाँ शोरूम उद्घाटन अफर अन्तर्गत एलईभी ०१ स्ट्यान्डर्ड एडिसनको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट एडिसनको मूल्य ६४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेको छ। एलईभी ०५ र एलईभी एक्सको मूल्य भने आगामी नाइमा अटो शोमा सार्वजनिक गरिनेछ।

    कम्पनीले नेपालभर चार्जिङ पूर्वाधार विस्तार गर्ने योजना समेत सार्वजनिक गरेको छ। हालसम्म काठमाडौँको तीनकुनेस्थित एयरपोर्ट कार्गो टर्मिनल अगाडि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ भने कालोपुलमा सर्भिस सेन्टर स्थापना गरिएको छ। एलएस अटोले युएई, मौरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तानसहित ११ भन्दा बढी देशमा आफ्नो उपस्थिति जनाइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend