२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल भित्रियो फोटोनको टुनल्याण्ड जी सेभेन पिकअप


सञ्चार डबली
  • सोमबार, असार ९ २०८२
  • 5.2K
    SHARES

  • images
    नेपाल भित्रियो फोटोनको टुनल्याण्ड जी सेभेन पिकअप

    काठमाडौं । पहाडी र अफ रोड भूभागहरूका लागि बनेको फोटोनको टुनल्याण्ड जी सेभेन पिकअप नेपाल भित्रिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित टुनल्याण्ड जी सेभेन पिकअप सार्वजनिक गरेको हो ।

    चिनिया कम्पनी फोटोनले उत्पादन गरेको मध्यमस्तरको डिजेलबाट चल्ने यो पिकअप भ्यान नेपाली भूगोलका लागि उत्कृष्ट पिकअप भएको आयातकर्ता कम्पनीले दाबी गरेको छ । यो पिकअप विशेष गरी हिमाली र अफ रोड ड्राइभका लागि डिजाइन भएको कम्पनीको दाबी छ ।

    फोटोनको टुनल्याण्ड जी सेभेन पिकअपमा २.० लिटरको डिजेल इन्जिन प्रयोग गर्छ, जसले १६० हर्सपावर शक्ति र ३९० एनएम टर्क उत्पादन गर्दछ ।

    फोटोनको टुनल्याण्ड जी सेभेन पिकअपमा २२५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ, जसका कारण उच्च पहाडी, उबडखाबड र ढुङ्गाहरू भएको कच्ची सडकमा समेत सहजरुपमा यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

    त्यसबाहेक यस पिकअपमा फोर ह्वील ड्राइभ, हिल होल्ड तथा हिल डिसेन्ट कन्ट्रोल जस्ता सुविधा रहेका छन्, जसका कारण यस पिकअपले अफ रोड, हिलो र धुलो भएको सडकमा पनि सहजपुरमा यात्रा गर्न सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend