२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम


सञ्चार डबली
  • शनिबार, असार ७ २०८२
  • 5.9K
    SHARES

  • images
    हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

    सिन्धुपाल्चोक । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाको आयोजनामा २०८२ साल असार ५ गते सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–४, कुविण्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कुविण्डे दुग्ध संकलन केन्द्रमा आवद्ध करिब २० जना कृषकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बीमाको महत्व, प्रयोग, लाभ र स्थानीय तहमा उपलब्ध निर्जीवन बीमालेखहरूबारे जानकारी प्रदान गरिएको थियो ।

    कार्यक्रमको उद्देश्य ग्रामीण तथा कृषक समुदायमा बीमाप्रति जनचेतना अभिवृद्धि गर्दै जोखिम व्यवस्थापनमा उनीहरूको पहुँच सुलभ बनाउनु रहेको थियो ।

    कार्यक्रममा कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष श्री प्रेमप्रसाद सापकोटाले कृषकको जीवनस्तर उकास्न बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै, बीमाको पहुँच विस्तार गर्दै दाबी प्रक्रिया सरल र सहज बनाउन बीमा कम्पनीहरू अझ बढी सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनहरूमा पनि अन्य स्थानीय तहमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend