२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

११ महिनामा ३३ अर्बका साढे २८ हजार ईभी गाडी भित्रिए


सञ्चार डबली
  • शनिबार, असार ७ २०८२
  • 5.4K
    SHARES

  • images
    ११ महिनामा ३३ अर्बका साढे २८ हजार ईभी गाडी भित्रिए

     

    काठमाडौं । पछिल्लो ११ महिनामा नेपालमा ३३ अर्ब रुपैयाँका करीब साढे २८ हजार विद्युतीय गाडी (ईभी) भित्रिएका छन् । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को जेठ महिनासम्ममा तीनपांग्रे रिक्सा, चारपांग्रे कार, जीप, बस सहित ३३ अर्ब ११ करोड ३३ लाख ३३ हजार रुपैयाँका २८ हजार ७७४ वटा ईभी गाडी भित्रिएका हुन् ।

    गत आवको सोहि अबधिमा ३० अर्ब ३२ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरका २० हजार ९११ ओटा ईभी नेपाल भित्रिएका थिए । नेपालमा चीन, भारत, जापान, अस्ट्रेलिया, क्यानडा, जर्मनी, कोरीया, मलेसिया र अमेरिकालगायत मुलुकबाट ईभी भित्रिने गरेका छन् ।

    पछिल्लो समय नेपालमा ईभी प्रयोगकर्ताहरु बढेसँगै ईभी आयात हरेक वर्ष बढ्दै गएको छ । विषेशगरी शहरी क्षेत्र र मुख्य राजमार्गहरुमा चार्जिङ स्टेशनहरु निर्माणको निर्माण बढेपछि ईभी प्रयोगकर्ताहरुलाई सहज भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend