२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चौथो नेपालगन्ज फोटो फेस्टिबलका तस्वीरहरु


सञ्चार डबली
  • बिहीबार , असार ५ २०८२
  • 11.6K
    SHARES

  • images
    चौथो नेपालगन्ज फोटो फेस्टिबलका तस्वीरहरु

    हिजो देखि चौथो नेपालगन्ज फोटो फेस्टिभल सुरु भएको छ ।

    नेपालगञ्जमा भइरहेको फोटो फेस्टिभलको नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले उद्घाटन गरेका थिए । नेसनल फोटो कन्टेष्ट, नेपाल २०८१ को वर्ष फोटो घोषणा गरी त्यही तस्बिरको फोटो खिची उनले उद्घाटन गरे ।

    चौथो नेपालगन्ज फोटो फेस्टिभल २ दिन चल्नेछ ।
    सहमहामन्त्री राठौरले फोटो फेस्टिभल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुराको भएको बताउँदै नेपालगंजसगै समग्र देशको फोटोहरूको प्रदर्शनीले देशको पर्यटनलाई टेवा पुराउने हुँदा यसको विशेष महत्त्व रहेको बताउँदै यस्ता कार्यक्रम नेपालगन्जमा आवश्यक रहेको बताए । 

    यस प्रकारको सृजनशील कार्यमा सबैले सहयोग रहनुपर्ने र आगामी वर्षहरूमा यस फेस्टिभलका लागी आफ्नोतर्फ विशेष सहयोग रहने बताए । यस कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगरले यस फेस्टिभललाई आफ्नो समेत सहयोग रहेको र अबका दिनमा समेत रहने बताए । 

    Nature & Conservation_Winner_Romin Tharu.jpg
     
    नेपालगन्ज फोटो फेस्टिभलमा फोटो प्रतियोगिताको नौ विधामा २ हजार १ सयभन्दा बढी फोटोहरू मध्ये उत्कृष्ट १११ फोटाहरू फेस्टिभलमा आयोजित फोटो प्रदर्शनीमा राखिएका छन् ।

    फोटो प्रतियोगितामा डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेटर, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर, वाईल्ड लाइफ र न्युज विधामा फोटो प्रतियोगिता भएको थियो ।

    अर्यान धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अधि रुँदै गरेकी महिलाको तस्बिरले वर्ष तस्बिर भएको छ भने एग्रीकल्चर विधामा बबी साई, कल्चर विधामा सञ्जय महर्जन, डेली लाइफ विधामा विजय थापा , टुरिजम, नेचर एन्ड कन्जरभेटर विधामा रोमिन थारु, स्र्पोट्स विधामा तिलक गहामगर, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम बिधाामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर विधागत उत्कृष्ट भएको छ ।

    Agriculture_Winner_Bobby Sai.jpg
    यसबर्षबाट पिपुल च्वाईस अवाई समेत सुरु भएको छ । ईसेवासगको सहकार्यमा भएको यस विधामा आम मानिसले आफूलाई मन परेको फोटोलाई भोट दिन सक्नेछन् । यसको लागि असार ५ गतेसम्म भोटिङ गर्न सकिने छ ।

    वरिष्ठ फोटो पत्रकार, फोटो पत्रकार क्लबको पूर्व अध्यक्ष तथा जर्नालिज्म एकेडेमीका कार्यावस्था निर्देशक विकास कार्की, वरिष्ठ फोटोग्राफर रमेश मल्ल र वरिष्ठ फोटो पत्रकार केशवराज थोकर  रहेको निर्णायक समितिले उत्कृष्ट फोटोहरूको छनौट गरेको थियो ।


    नेपालगन्जको होटल सिटी प्यालेसमा आयोजना भएको फेस्टिभलमा ९ विधामा आयोजना गरिएको नेसनल फोटो कन्टेष्ट विजेता सहित फोटोहरूको प्रदर्शनी, फोटोग्राफी र फोटो पत्रकारिताका बारेमा छलफल र तालिम समेत आयोजना गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । 

    प्रत्येक विधाको उत्कृष्ट फोटोलाई नगद ५ हजार र प्रतियोगिताको सर्वोकृष्ट (वर्ष तस्बिर) फोटोलाई नगद ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार रहेको छ भने पिपुल च्वाईस अवार्डमा छानिएको उत्कृष्ट फोटोलाई ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार रहेको सबै पुरस्कारहरू समापनको दिन प्रदान गरिने पनि शाहले बताए । 

    Photo of the Year_Aryan Dhimal.jpg
    नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको यस फेस्टिभललाई पर्यटन डिभिजन कार्यालय, कोहलपुरको सहकार्यमा सुरु भएको चौथो नेपालगन्ज फोटो फेस्टिभललाई नेपालगन्ज उपमहानगरपालिका, लगायत डुडुवा गाउँपालिका लगायतको सहयोग रहेको छ ।

    photo - nepalgung.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend