२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

Vespa र Aprilia को “Monsoon मा 5X मज्जा !” अफर सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , असार ५ २०८२
  • 6.5K
    SHARES

  • images
    Vespa र Aprilia को “Monsoon मा 5X मज्जा !” अफर सार्वजनिक

    काठमाडौं, असार ५ । नेपालका लागि अधिकृत वितरक MV Dugar Group अन्तर्गतका Vespa र Aprilia स्कूटर ब्रान्डले मनसुन अवसरमा नयाँ उपहार योजना “Monsoon मा 5X मज्जा!!” सार्वजनिक गरेका छन्।

    यस अफरअन्तर्गत Vespa वा Aprilia को कुनै पनि स्कूटर खरिद गर्दा ग्राहकहरूले रु ५,६००० सम्मको नगद छुटविशेष वित्तीय योजना, तथा नि:शुल्क बीमा लगायतका लाभ प्राप्त गर्न सक्नेछन्। साथै, सो अफर वेबसाइटमार्फत https://vespanepal.com/offer/monsoon-offer वा https://aprilianepal.com/offer/monsoon-offer मा गइ दर्ता गर्दा रु १०,००० को आकर्षक भौचर समेत जित्न सकिन्छ।

    यस योजनामा सहभागी भएर स्कूटर बुकिङ गर्ने ग्राहकले रु ८५,००० सम्मको नगद छुट, साथै सन् २०२१/२२ वा २२/२३ मोडलहरूमा विशेष अफर, रु ४,९९९ मासिक किस्ताबाट खरिद सुविधा, तथा सहरका विभिन्न शो-रूमहरूमा टेस्ट राइडएक्सचेञ्ज र फाइनान्स योजना समेतको फाइदा लिन सक्नेछन्।

    Vespa र Aprilia का अनुसार यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। ग्राहकहरूको सुविधा र सन्तुष्टिलाई मध्यनजर गर्दै ल्याइएको यो योजना देशभरिका Vespa/Aprilia शो-रूमहरूमा उपलब्ध छ।

    मनसुनमा स्टाइल र सस्तो मूल्यमा स्कूटर किन्ने सोच बनाइरहनुभएका ग्राहकका लागि यो योजना विशेष अवसर सावित हुन सक्ने Vespa/Aprilia नेपालले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend