२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

माननीय उपप्रधान तथा अर्थमन्त्रीबाट भाद्रमा आयोजना हुन गईरहेको नाडा अटो शो २०२५ उद्घाटन हुने


सञ्चार डबली
  • बुधबार, असार ४ २०८२
  • 5.7K
    SHARES

  • images
    माननीय उपप्रधान तथा अर्थमन्त्रीबाट भाद्रमा आयोजना हुन गईरहेको  नाडा अटो शो २०२५ उद्घाटन हुने

    मिति २०८२ असार १ गते, नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेटगरी आउदो भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको छ ।

    उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तराल पछि नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र नीजिक्षेत्र मैत्री बजेट आएको बताउनु भयो । सोहि छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारी साधन मेनुफेक्चरिङ्ग उद्योग खोल्ने तयारी भईरहेकोले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनु पर्ने, यस्ता मेनुफेक्चरिङ्ग उद्योगलाई थप सुविधा उपलब्ध गराउनु पर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गर्नु भयो ।

    छलफलको अन्त्यमा माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री श्री पौडेलले नाडाको राखेको उक्त आग्रहलाई सहर्ष स्वीकार गर्दै नेपालका अटोमोवाइल व्यवसायीहरुले धेरै भन्दा धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नु पर्ने बताउनु भयो । उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend