काठमाडौं, असार ४ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा आकर्षक छुट दिने भएको छ । कम्पनीले यस्तो बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म छुट पाइने भएको हो ।
व्यतित भएका बीमालेख असार ४ गतेदेखि असार १५ गतेसम्म नविकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो ।
कम्पनीले ३ वर्षभन्दा बढी अवधिदेखि व्यतित भएका बीमालेखमा २५ प्रतिशत, २ वर्षदेखि माथि तर ३ वर्षभन्दा कम अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत र २ वर्षभन्दा कम अवधिदेखि व्यतित रहेको बीमालेखमा ७५ प्रतिशत छुट दिने भएको छ ।



