२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

टी–२० त्रिकोणात्मक सिरिजः नेपाल सुपर ओभरमा नेदरल्यान्डसँग पराजित


सञ्चार डबली
  • मंगलबार, असार ३ २०८२
  • 6.4K
    SHARES

  • images
    टी–२० त्रिकोणात्मक सिरिजः नेपाल सुपर ओभरमा नेदरल्यान्डसँग पराजित

    काठमाडौं। टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग पराजित भएको छ। स्कटल्यान्डको टिटउट रंगशालामा सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो।

    खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो। तेस्रो सुपर ओभरमा भने नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको हो।

    पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन बनाएको थियो। त्यसैगरी दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो। जवाफमा नेपालले पनि १७ रन जोडयो र खेल फेरि तेस्रोपटक सुपर ओभरमा पुग्यो।

    तेस्रो सुपर ओभरमा भने नेपालले रन जोड्न सकेन। पहिलो बलमा कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए। एक रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले पहिलो बलमा छक्का प्रहार गरेर जितेतको हो।

    त्यसअघि निर्धारित २० ओभरको खेलमा एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए।

    त्यस्तै कुशल भूर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन जोडे। नेपालले जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक थियो। तर नन्दन यादवले काइल क्लेनका बलमा चौका प्रहार गरेपछि खेल टाई भएको थियो।

    नेदरल्यान्ड्सका डानियल डोरामले तीन विकेट लिए भने विक्रमजित सिंहले दुई विकेट लिए। त्यस्तै काइल क्लेइन, बेन फ्लेचर र जाँच लायनले समान एक÷एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो। 

    नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए। उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाएका हुन्। त्यस्तै विक्रमजित सिंहले ३० रन बनाए। उनले २९ बलमा दुई छक्काको सहयोगमा ३० रन बनाएका हुन्। सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए।

    नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भूर्तेल र ललित राजवंशीले समान एक÷एक विकेट हात पारे। यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा भने नेदरल्यान्ड्स स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend