२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पोखरामा यामाहा ब्लू फेस्ट २०८२ सुरू, असार ६ गतेसम्म चल्ने


सञ्चार डबली
  • सोमबार, असार २ २०८२
  • 7.8K
    SHARES

  • images
    पोखरामा यामाहा ब्लू फेस्ट २०८२ सुरू, असार ६ गतेसम्म चल्ने

    काठमाडौं ।  दुईपांग्रे सवारी एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट २०८२’ पोखरामा सुरू भएको छ। असार १ गतेदेखि सृजनाचोकमा सुरू भएको यो महोत्सव असार ६ गतेसम्म चल्नेछ।

    यस फेस्टिभलमा जुनसुकै ब्रान्डका पुराना बाइक तथा स्कुटरलाई यामाहाका नयाँ मोडलसँग आकर्षक मूल्यांकन र विशेष अफरसहित साट्न सकिन्छ।

    ब्लू फेस्टमा जुनसुकै ब्रान्डका बाइक/स्कुटर साट्न सकिनेछ। कर चुक्ता भएका यामाहाका बाइक/स्कुटरको न्यूनतम मूल्याङ्कन ५० हजार र अन्य ब्रान्डहरूको २५ हजार मूल्याङ्कन गरिने कम्पनीले जनाएको छ।

    कम्पनीले गारन्टरबिना सहज फाइनान्सिङ सुविधा दिनेछ। महोत्सवमा यामाहाका रेजर हाइब्रिड, आर१५, एमटी१५, एरोक्स लगायत विभिन्न लोकप्रिय मोडलहरू उपलब्ध छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend