२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रोपाईं गर्ने समयमा बर्षेनि बल्झिरहन्छ मलको समस्या, मर्कामा किसान  


सञ्चार डबली
  • बिहीबार , जेठ २९ २०८२
  • 6.0K
    SHARES

  • images
    रोपाईं गर्ने समयमा बर्षेनि बल्झिरहन्छ मलको समस्या, मर्कामा किसान  

     

    काठमाडौं । मुलुकभर करिब १५ लाख हेक्टरमा धान र नौ लाख हेक्टरमा मकै खेती गरिन्छ। अहिले धान रोप्ने र मकै गोड्ने सिजन हो। दुबै बालीका लागि रासायनिक मल जरुरी पर्छ। सरकारले पर्याप्त रहेको जति नै दाबी गरेपनि किसानले मल पाएका छैनन्। मलको समस्या बर्षेनि बल्झिरहन्छ ।  मल नपाउँदा भारतबाट महँगोमा मल किनेर ल्याइन्छ। त्यो पनि प्रहरीको गाली खानुपर्छ त कहिले कुटाइ । रासायनिक मलको अभाव भएपछि खेती कसरी गर्ने भन्ने चिन्ता कृषकहरुमा बढेको छ । 

    बाँकेमा मागको ५० प्रतिशत पनि नपुगेपछि मल बिना नै धान रोप्न विवश छन् किसान। अन्नको भन्डारको रुपमा रहेका पश्चिम तराईका जिल्ला बाँके र बर्दियामा रासायनिक मलको अभाव हुँदै मल विनै धान रोपाइ गरिरहेका छन् । किसानलाई रासायनिक मल उपलब्ध गराउने कृषि सामग्री कम्पनीले किसानको मागको करिब ५० प्रतिशत मात्रै मल उपलब्ध गराएको छ । माग भन्दा करिब आधा मल आएकाले किसानले सहज रुपमा पाउन सकेका छैनन् । रासायनिक मल उपलब्ध नभएपछि बाँकेका किसानले रासयनिक मल बिनै धान रोप्नु परेको गुनासो गरेका छन् ।

    त्यस्तै पश्चिम नवलपरासीका किसानले आवश्यकतानुसार मल खरिद गर्न नपाएपछि चिन्तामा परेका छन्। रोपाइँ गर्ने समयमा मल नपाउँदा खेतीपाती राम्रो नहुने भन्दै उनीहरू चिन्तामा परेका हुन्। पाल्हीनन्दन गाउँपालिका–४ का ज्ञानेश्वर सहानीले समयमा मल नपाउँदा उत्पादन वृद्धि नहुने भन्दै चिन्ता व्यक्त गरे। उनले हरेक वर्ष यस क्षेत्रका किसानले मलको समस्या झेल्दै आएको सुनाउँदै सरकारी निकायले आफूहरूको समस्यामा ध्यान नदिएको गुनासो गरे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend